Close

Recent Posts

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रस्तावः निकास नआउने निर्वाचन सारौं

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रस्तावः निकास नआउने निर्वाचन सारौं
  • १० फाल्गुन २०८२, आईतवार ०६:३८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले यो निर्वाचनले निकास नदिने भन्दै निर्वाचन सार्न प्रस्ताव गरेका छन् । आज रुपन्देहीको देवदहमा आयोजित चुनावी सभामा सम्वोधन गर्दै उक्त कुरा बताएका हुन् ।

mulpatra

उनले राप्रपा चुनावबाट नभाग्ने तर यो निर्वाचनले कुनै निकास दिन नसक्ने दाबी गर्दै चुनावअघि नै राजा, राजनीतिक दल र नवयुवासँग समझदारी गरेर निर्वाचन सार्नुपर्नेमा उनले जोड दिएका छन् ।

उनले भने ‘हामीले हिजो पनि भनेका हौँ, आजपनि यो भनिरहेका छौँ, ८४ को चुनाव ०८२ मा सारेर समाधान हुँदैन, चुनावअघि राजा, राजनीतिक दल र नवयुवासँग समझदारी गरौँ नमिलेका विषय मिलाऔँ, निषेधको राजनीति लामो समय गर्‍यौ’ ।
अब कसैले कसैलाई निषेध गर्ने र कसैले हार्नेगरी होइन, सबैले जित्ने र देशले पनि जित्नेगरी चुनावमा जाऔँ भन्दैजबरजस्त देश चुनावमा गएको समेत आरोप लगाए ।

mulpatra mulpatra mulpatra

उनले अहिले पनि राष्ट्रिय सहमतिमा सबै दललाई आउन आग्रह गरेको बताउँदै भने–‘चुनाव केही महिना पछि सार्नका लागि प्रस्ताव गरेका छौँ ।’