माछापुच्छ्रे बैंकलाई अविमोच्य असिञ्चित अग्राधिकार सेयर निस्कासन गर्न अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे बैंकलाई ३ अर्ब रुपैया बराबरको अविमोच्य असिञ्चित अग्राधिकार सेयर (PNCPS – Perpetual Non-Convertible Preference Shares) पीएनसीपीएस निस्कासन गर्न अनुमति दिएको छ । स्वीकृती अनुसार बैंकले १०० रुपैयाँ अंकित दरका ३ करोड कित्ता सेयर जारी गर्ने छ ।

बैंकले जारी गर्ने अग्राधिकार सेयरमा ८.२५ प्रतिशत लाभांश दर निर्धारण गरिएको छ । यस्को निस्कास तथा विक्री व्यवस्थापनको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटललाई दिइएको छ ।
बैंकले जारी गर्ने यस्तो अविमोच्य सेयरको निश्चित फिर्ता मिति हुँदैन। कम्पनीले चाह्यो भने मात्रै भविष्यमा फिर्ता गर्न सक्छ, तर अनिवार्य हुँदैन। यी सेयरलाई साधारण सेयरमा रूपान्तरण गर्न मिल्दैन र यस्ता शेयरलाई लाभांश पाउने क्रममा साधारण सेयरभन्दा पहिला अधिकार हुन्छ तर यी शेयर होल्डरको मतदान अधिकार प्रायः हुँदैन।
![]() |
![]() |
![]() |
|---|
कम्पनीले नाफा गरेमा निश्चित दरमा लाभांश पाइन्छ र कम्पनी बन्द हुँदा साधारण सेयरधारकभन्दा पहिला पूँजी फिर्ता पाउने अधिकार रहेको हुन्छ ।
बैंकलाई दीर्घकालीन पूँजी चाहिएको बेला र बैंक ऋण नबढाई पूँजी जुटाउन यो शेयरको विक्री वितरण गरिने प्रचलन छ ।
यो स्वीकृतिसँगै माछापुच्छ्रे बैंक यस्तो प्रकृतिको सेयर जारी गर्ने पाँचौ बैक बनेको छ।



