मकवानपुरको मनहरिमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते

मकवानपुरको मनहरिमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते
  • १० फाल्गुन २०८२, आईतवार १०:१०

काठमाडौं । वीरगन्जबाट चितवनतर्फ गइरहेको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी सडकमा दुर्घटना हुँदा बसमा सवार २२ यात्रु घाइते भएका छन् ।

mulpatra

वीरगन्जबाट चितवनतर्फ गइरहेको बाप्र०६–००१ख ००५४ नम्बरको यात्रुवाहक बस मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकमा साइडमा रहेको विद्युत्को पोलमा ठोक्किएको थियो ।

बस विद्युत पोलमा ठोक्किँँदा बसमा सवार २२ जना यात्रु घाइते भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते उद्धार गरी उपचारका लागि चितवन अस्पताल पठाएको प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन् ।

mulpatra mulpatra mulpatra