अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई ४३.२ मिलियन अमेरिकी डलर प्रारम्भिक सहमति
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विस्तारित ऋण सुविधा (ईसीएफ) अन्तर्गतको सातौँ समीक्षासम्बन्धी छलफलपछि नेपाललाई ४३.२ मिलियन अमेरिकी डलर उपलब्ध गराउने विषयमा कर्मचारी–स्तरको प्रारम्भिक सहमति गरेको छ। उक्त सहमति आईएमएफको कार्यकारी बोर्डबाट अनुमोदन भएपछि मात्र रकम निकासा हुनेछ।

आईएमएफको टोलीले फेब्रुअरी ६ देखि २० सम्म काठमाडौंमा आर्टिकल आईभी परामर्श तथा ईसीएफअन्तर्गत सातौँ समीक्षासम्बन्धी छलफल सम्पन्न गरेको थियो। भ्रमणको अन्त्यमा जारी वक्तव्यमा कार्यक्रमको कार्यान्वयन सन्तोषजनक रहेको उल्लेख गर्दै आवश्यक नीतिगत तथा संरचनात्मक सुधारमा सहमति जुटेको जनाइएको छ।
आईएमएफका अनुसार सन् २०२५ जुलाई मध्यसम्मका सबै परिमाणात्मक लक्ष्यहरू पूरा भएका छन्। यद्यपि बालकल्याण अनुदानसम्बन्धी एक सूचक लक्ष्य सामान्य रूपमा छुटेको उल्लेख गरिएको छ। सातौँ समीक्षाअन्तर्गत भन्सार अनुपालन सुधार रणनीति स्वीकृत भएको, ऋण पोर्टफोलियो समीक्षा (एलपीआर) को स्थलगत निरीक्षण सम्पन्न भएको तथा बैंक सम्पत्ति वर्गीकरणसम्बन्धी नियमहरूलाई बेसल समिति मार्गदर्शनसँग समायोजन गरिएको जनाइएको छ।
![]() |
![]() |
![]() |
|---|
वक्तव्यअनुसार आन्तरिक आर्थिक अनिश्चितताले निजी क्षेत्रको विश्वास र आर्थिक गतिविधिमा दबाब परेको छ। आर्थिक वर्ष २०२५र२६ मा वृद्धि दर ३ देखि ३.५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ, जुन सम्भावित क्षमताभन्दा कम हो। जनवरी २०२६ मा वार्षिक आधारमा मुद्रास्फीति २.४ प्रतिशतमा सीमित रहेको छ।
राजस्व वृद्धिदर मध्यम रहेको तथा पूँजीगत खर्चको मध्यावधि प्रक्षेपण पुनरावलोकन गरिएको जनाइएको छ। यद्यपि रेमिट्यान्स र पर्यटन आम्दानी मजबुत रहँदा आयात वृद्धि सुस्त भएकोले बाह्य क्षेत्र सबल देखिएको छ। अन्तर्राष्ट्रिय मौज्दात पर्याप्त स्तरभन्दा माथि रहेको पनि आईएमएफले जनाएको छ।
आईएमएफ टोलीले अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा. बिश्वनाथ पौडेल लगायत वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गरेको जनाएको छ। निजी क्षेत्र, नीति अनुसन्धान संस्था तथा विकास साझेदारहरूसँग पनि छलफल भएको थियो।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



