सुनको भाउ बढ्यो, तोलाकै ३ लाख १० हजार ३००
काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा ५ हजार ६०० रूपैयाँले बढेर ३ लाख १० हजार ३०० पुगेको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार तोलामा ३ लाख ४ हजार ७०० रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बढेर आज ३ लाख १० हजार ३०० रूपैयाँ पुगेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३७५ रूपैयाँले बढ्दै ५ हजार ४२५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो शुक्रबार चाँदी प्रतितोला ५ हजार ५० रूपैयाँमा कारोबार भएको थियो ।
![]() |
![]() |
![]() |
|---|



