झापा ५ का लागि बालेनको बाचापत्र सार्वजनिक, काठमाडौँमा सफल भएको ‘शिक्षामा सीप’ कार्यक्रमलाई झापामा पनि लागू गर्ने
काठमाडौं । फागुन २१ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेका छ ।

शाहले बाचा पत्रमा मुख्य गरी सङ्घीय संसद्मा कानुन निर्माणदेखि स्थानीय स्तरमा शिक्षा र स्वास्थ्यको आमूल परिवर्तनसम्मका एजेन्डाहरू समेटिएका छन्।
शिक्षा क्षेत्रमा काठमाडौँ महानगरपालिकामा सफल सावित भएको ‘शिक्षामा सीप’ कार्यक्रमलाई झापामा पनि लागू गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। यसले विद्यार्थीहरूलाई विद्यालय तहदेखि नै आत्मनिर्भर बनाउन र वैदेशिक रोजगारीको बाध्यतालाई न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। यस्तै, सामुदायिक विद्यालयमा स्मार्ट कक्षा, प्रयोगशाला र पुस्तकालयको स्थापना गर्दै ुस्कुल रिटेन्सन प्रोग्राम मार्फत विद्यालय छाड्ने दरलाई शून्यमा झार्ने योजना ल्याएका छन् ।
![]() |
![]() |
![]() |
|---|
उनले झापा ५ मा रहेका सुकुम्वासीहरूको बसोबास समस्या समाधानका लागि १०० दिनमा आयोग बनाउने र १००० दिनमा समस्या समाधान गर्ने वाचा गरेका छन् ।
त्यस्तै उनले दमक क्षेत्रलाई आईटी हबको रूपमा स्थापित गर्नका लागि संरचना निर्माण गर्ने पनि घोषणा गरेका छन्
बालेनको वाचापत्रः
Image Source: © https://mulpatra.com


Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



