Close

Recent Posts

दुर्गा प्रसाईंको रिटमा सक्कल फाइल झिकाउन आदेश

दुर्गा प्रसाईंको रिटमा सक्कल फाइल झिकाउन आदेश
  • ११ फाल्गुन २०८२, सोमबार १५:२९

काठमाडौं । गत साता पक्राउ परेर हिरासतमा रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले सक्कल फाइल झिकाउन आदेश दिएको छ।

mulpatra

सोमबार न्यायाधीशहरू नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले निर्वाचन आयोगले कारबाही गर्न भनेर प्रहरीलाई पठाएको निर्णयसहितको सक्कल फाइल झिकाउन आदेश दिएको हो।

‘निर्वाचन आयोगको फागुन ३ गतेको पत्रबाट अनुसन्धान गरी कारबाही गर्न लेखि पठाए बमोजिम निवेदक (दुर्गा प्रसाई)लाई पक्राउ गरिएको भन्ने खुल्न आएकोले सो आयोगबाट प्रसाईं उपर अनुसन्धान गरी कारबाही गर्न लेखी पठाउने भनेर गरेको निर्णयसहितको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउनू,’ सर्वोच्चको आदेशमा भनिएको छ।

mulpatra mulpatra mulpatra

प्रसाईंले जिल्ला प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाएर रिट दायर गरेको थियो। त्यस्तै यस रिटको सुनावाइका लागि मंगलबारको पेसी तोक्न पनि आदेश दिएको छ।