दाङलाई ‘ब्याङ्लोर मोडल’मा नेपाली सिलिकन भ्याली बनाउने पोखरेलको घोषणा

दाङलाई ‘ब्याङ्लोर मोडल’मा नेपाली सिलिकन भ्याली बनाउने पोखरेलको घोषणा
  • १२ फाल्गुन २०८२, मंगलवार १०:००

काठमाडौं । दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा शङ्कर पोखरेल ले दाङलाई ‘ब्याङ्लोर मोडल’मा विकास गरी नेपाली ‘सिलिकन भ्याली’का रूपमा स्थापित गर्ने घोषणा गरेका छन्। उनले जिल्लाको समग्र विकास कुनै दल विशेषको एजेन्डा नभई सम्पूर्ण दाङबासीको साझा सरोकार भएको बताएका छन्।

mulpatra

पोखरेलका अनुसार लामो समयदेखि अलपत्र रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ् अध्ययन संस्थान, घोराही क्याम्पसको निर्माण प्रक्रिया अहिले तीव्र गतिमा अगाडि बढाइएको छ। ३० करोड रुपैयाँ स्रोत सुनिश्चित गरिएपछि २०८२ वैशाख २३ गते बोलपत्र आह्वान गरिएको र २०८२ माघ ८ गते २० करोड ८७ लाख ४० हजार २२१ रुपैयाँमा निर्माण सम्झौता सम्पन्न भएको जानकारी उनले दिएका छन्।

निर्माणाधीन अत्याधुनिक क्याम्पस २०८४ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सो क्याम्पसमा कम्प्युटर इन्जिनियरिङ् कार्यक्रम सञ्चालन गरिने र यसले दाङलाई सूचना प्रविधि शिक्षा तथा नवप्रवर्तनको केन्द्रका रूपमा स्थापित गर्ने विश्वास पोखरेलले व्यक्त गरेका छन्।

mulpatra mulpatra mulpatra

उनले भारतको बेंगलुरु जस्तै सूचना प्रविधि, स्टार्टअप र नवप्रवर्तनमैत्री वातावरण तयार गरी दाङलाई ‘दाङ भ्याली’का रूपमा अघि बढाउने दीर्घकालीन सोच रहेको उल्लेख गरे। शिक्षा, प्रविधि र उद्यमशीलतालाई एकीकृत गर्दै रोजगारी सिर्जना गर्ने र युवा जनशक्तिलाई स्वदेशमै अवसर उपलब्ध गराउने उद्देश्य रहेको उनको भनाइ छ।

‘जिल्ला अगाडि बढ्नु कुनै दल विशेषको हितको कुरा होइन, यो समग्र जिल्लाबासीको भविष्यसँग जोडिएको विषय हो,’ पोखरेलले भने। उनले दाङलाई शैक्षिक तथा प्राविधिक हबका रूपमा विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।