Close

Recent Posts

अमेरिकामा छत्रबहादुर थापाले आफनै छोरी र श्रीमतिको हत्या, उनी पनि प्रहरीको गोलीबाट मारिए

अमेरिकामा छत्रबहादुर थापाले आफनै छोरी र श्रीमतिको हत्या, उनी पनि प्रहरीको गोलीबाट मारिए
  • १२ फाल्गुन २०८२, मंगलवार ११:१८

काठमाडौं– अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीमा सोमबार बिहानै एक नेपाली परिवारमा भएको घरेलु हिंसाले दुईजनाको ज्यान लिएको छ । ५० वर्षीय छत्रबहादुर थापाले १० इन्च लामो धारिलो हतियार प्रयोग गरी आफ्नी श्रीमती र छोरीलाई फेयरफ्याक्सस्थित पर्सिमन ड्राइभको अपार्टमेन्टमा हत्या गरेका हुन् ।

mulpatra

पुलिसलाई बिहान ५ः१५ बजे घरेलु हिंसाको खबर प्राप्त भएपछि घटनास्थल पुगेका अधिकारीहरूले ‘कल्पनाभन्दा परको, भयावह र वीभत्स’ दृश्य देखेको फेयरफ्याक्स काउन्टी पुलिस प्रमुख केभिन डेविसले बताएका छन् । आरोपी थापा प्रहरीको गोलीबाट मारिएका छन् ।

थापाको ज्वाइँ ३५ वर्षीय सन्तोषकुमार बस्नेतले बाहिर कार सफा गर्दै गर्दा घरभित्रको हल्ला सुनेर ९११ मा फोन गरेका थिए । घरभित्र प्रवेश गर्दा उनले ३१ वर्षीया पत्नी ममता थापा र ५१ वर्षीया सासु बिन्दा थापालाई रगतको आहालमा देखेका थिए ।

mulpatra mulpatra mulpatra

थापाले त्यसपछि ज्वाईँ बस्नेतमाथि पनि आक्रमण गरी गम्भीर घाइते बनाएका थिए । बस्नेतमाथि आक्रमण हुँदै गर्दा प्रहरी पुगेको थियो । घटनास्थलमा पुगेका प्रहरीहरूले थापालाई हतियार फ्याँक्न आदेश दिए पनि उनले अस्वीकार गरेपछि प्रहरीले गोली चलाउनुपरेको थियो । घटनास्थलमै थापाको मृत्यु भएको थियो ।

थापाले १ वर्षका नाती घरमै रहेको बेलामा पूरै परिवारमाथि आक्रमण गरेका हुन् । उनले नातीलाई भने केही गरेनन् । घटनाका बेला घरमै भए पनि एक वर्षका बालक भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । अनुसन्धानकर्ताहरूले परिवारसँग सम्बन्धित कुनै आपराधिक इतिहास वा पूर्व रिपोर्ट नभएको बताएका छन् । घटनाको कारण अझै अनुसन्धान भइरहेको छ ।