Close

Recent Posts

मतदान सकिएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्न तयारी

मतदान सकिएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्न तयारी
  • १२ फाल्गुन २०८२, मंगलवार १३:०२

काठमाडौं– मतदान सकिएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गरिने भएको छ । निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतपेटिका संकलन भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ ।

mulpatra

मतदान सम्पन्न भएलगत्तै मतपेटिका संकलन गरी गणना कार्यलाई द्रुत गतिमा अघि बढाउने योजना आयोगले बनाएको छ । आयाग कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले यसपटक परिणाम आउन समय नलाग्ने बताए ।

मतपरिणामको समयसीमाबारे स्पष्ट पार्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले समानुपातिकको एक–दुई दिन लागे पनि प्रत्यक्षतर्फको परिणाम मतपेटिका संकलन भएको २४ घण्टा भित्र घोषणा गर्ने गरी आयोगले तयारी गरेको बताए ।

mulpatra mulpatra mulpatra

उनले उपत्यकाबाहिर मतपत्र पठाउने काम सकिएको तथा काठमाडौं, ललितपुर र भक्तपुरका केही स्थानमा मंगलबार साँझसम्म पु¥याइसक्ने गरी काम भएको जानकारी दिए । मतदान अधिकृतहरूको तालिम मंगलबार साँझसम्म सम्पन्न हुने र त्यसपछि आवश्यक सामान बुझेर सम्बन्धित मतदान केन्द्रमा खटिने उनको भनाइ छ ।
निर्वाचन तयारीका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न गरी आयोग पूर्ण रूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेको बताइएको छ । मतपत्र छपाइदेखि ढुवानीसम्मको व्यवस्थापकीय काम सम्पन्न भइसकेको र कर्मचारीहरू कार्यक्षेत्रमा खटिने क्रम पनि सुरु भइसकेको आयोगले जानकारी दिएको छ ।

हिमाली क्षेत्रमा अस्थायी मतदान केन्द्र निर्धारण गर्ने सन्दर्भमा आयोग निर्णयमा पुगिनसकेको पनि उनले बताए । भौगोलिक विकटता र मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै आयोग मौसमको प्रतिकूलता अध्ययन गरी मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्नबाट वञ्चित हुन नपर्ने गरी तत्काल निर्णय गर्ने गरी तयारी अवस्थामा रहेको स्पष्ट पार्नुभयो ।

उनले भने, “यदि त्यस्तो अवस्था आयो भने हामी जहाँ मतदाताहरू हुनुहुन्छ त्यहीँ गएर मत संकलन गर्ने गरी आयोगले निर्णय गर्छ ।”

Image Source: © https://mulpatra.com

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनको मुखमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउने काम नगर्न आाग्रहसमेत गरेका छन् । साथै, निषेधको राजनीति नगर्न राजनीतिक दलहरूलाई चेतावनीसमेत दिए ।

उनले भने, “कसैले कसैलाई निषेधको राजनीति गर्न पाइँदैन । स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ । स्वच्छ प्रतिस्पर्धाबाट मात्रै असल नेतृत्व चयन हुन्छ ।”

यही २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुने कार्यतालिका छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com