Close

Recent Posts

चीनलाई धम्क्याउन खोज्दै अमेरिका, माग्यो फ्रान्स र बेलायतको सहयोग

चीनलाई धम्क्याउन खोज्दै अमेरिका, माग्यो फ्रान्स र बेलायतको सहयोग
  • १२ फाल्गुन २०८२, मंगलवार १९:२५

काठमाडौं– बेइजिङको परमाणु कार्यक्रमलाई लिएर अमेरिका–चीन सम्बन्ध फेरि तनावपूर्ण बनेको छ । इरानसँग परमाणु विवाद चलिरहेकै बेला चीनको परमाणु हतियार विस्तारले अमेरिकी प्रशासनको टाउको दुखाइ बढाएको हो ।

mulpatra

अमेरिकी शस्त्र नियन्त्रण तथा अप्रसार ब्युरोका सहायक विदेशमन्त्री क्रिस्टोफर यिआवले एक अन्तर्राष्ट्रिय सम्मेलनमा चीनले पारदर्शिता नदेखाएको र वाचा विपरीत परमाणु भण्डार विस्तार गरेको आरोप लगाएका हुन्।

अमेरिकी पक्षका अनुसार, चीनले पछिल्ला केही वर्षमा चुपचाप आफ्नो परमाणु हतियारको भण्डार बढाएको छ। बेइजिङले पहिले परमाणु विस्तार नगर्ने आश्वासन दिएको दाबी गर्दै वाशिङ्टनले वाचा उल्लंघन भएको आरोप लगाएको हो ।

mulpatra mulpatra mulpatra

यस्तै, करिब छ वर्षअघि चीनले गोप्य परमाणु परीक्षण गरेको आशंका समेत अमेरिकी अधिकारीले व्यक्त गरेका छन्। चीनले भने यस्ता आरोपबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

हालै अमेरिका र रूसबीचको अन्तिम परमाणु हतियार नियन्त्रण सम्झौता समाप्त भएपछि दुवै मुलुकमाथि रहेका केही प्रतिबन्ध हटेका छन्। यसले विश्वका दुई ठूला परमाणु शक्तिबीच हतियार प्रतिस्पर्धा बढ्ने चिन्ता बढाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत परमाणु परीक्षणसम्बन्धी विकल्पहरू खुला राख्ने संकेत दिएका छन्, जसले अन्तर्राष्ट्रिय समुदायमा चासो र बहस बढाएको छ।

Image Source: © https://mulpatra.com

अमेरिकाले चीनमाथि परमाणु निस्त्रीकरणका लागि दबाब बनाउन अन्तर्राष्ट्रिय सहयोग खोजिरहेको जनाएको छ। यस क्रममा फ्रान्स र बेलायतसँग परामर्श गरिएको बताइएको छ।

जिनेभामा रूसी प्रतिनिधिसँग भेटवार्ता भएको र अन्य साझेदार राष्ट्रहरूसँग पनि बहुपक्षीय छलफल जारी रहेको जानकारी दिइएको छ, तर कुनै ठोस सहमति भने सार्वजनिक भएको छैन।

परमाणु कार्यक्रमलाई लिएर अमेरिकाको इरानसँग पहिल्यैदेखि विवाद चलिरहेको छ। वाशिङ्टनले तेहरानलाई आफ्नो परमाणु कार्यक्रम सीमित वा बन्द गर्न दबाब दिँदै आएको छ। यस विषयमा क्षेत्रीय तनाव र सैन्य गतिविधि बढ्ने सम्भावनाबारे अन्तर्राष्ट्रिय समुदाय सचेत छ। एजेन्सीबाट

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com