Close

Recent Posts

आज पनि यी स्थानमा पानी पर्न सक्ने

आज पनि यी स्थानमा पानी पर्न सक्ने
  • १३ फाल्गुन २०८२, बुधबार ०७:५०

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको कारण कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा छिटपुट वर्षा भइरहेको छ। आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानमा बर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

mulpatra

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुखुवासभाको नुम मापन केन्द्रमा ३७.४ मिलिमिटर वर्षा भएको छ। त्यस्तै ताप्लेजुङमा २९ मिलिमिटर, भोजपुरको दिङ्लामा १३.८, सिन्धुपाल्चोकको सेर्माथाङमा २९.२ मिलिमिटर, चौतारामा १७.२ मिलिमिटर, ललितपुरको गोदावरीमा १४.४ मिलिमिटर, नुवाकोटमा १३.२ मिलिमिटर, गोरखाको ताकुकोटमा १३ मिलिमिटर, पर्वतको कुश्मामा २०.६ मिलिमिटर, म्याग्दीको बेनीमा १० मिलिमिटर, रोल्पाको रूलबाङमा ३३.३ मिलिमिटर वर्षा भएको छ।

तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू–भाग तथा बाँकी प्रदेशको हिमाली भू(भागमा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी भू(भागमा आंशिक बादल लाग्नेछ । बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू(भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू(भागको एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

mulpatra mulpatra mulpatra

राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू(भागका एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।