निर्वाचनका लागि भारतसँगको नाका तीन दिने बन्द रहने

निर्वाचनका लागि भारतसँगको नाका तीन दिने बन्द रहने
  • १३ फाल्गुन २०८२, बुधबार ०८:०९

काठमाडौं । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका सबै सीमानाका तीन दिनका लागि बन्द गरिने भएको छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले मतदान हुनुभन्दा ७२ घण्टा अगावै सीमानाका बन्द गर्ने निर्णय गरिएको हो ।

mulpatra

गृह प्रशासनका अनुसार फागुन १८ गते राति १२ः०० बजेदेखि फागुन २१ गते राति १२ः०० बजेसम्म नेपाल–भारत सीमा क्षेत्रमा आवतजावत पूर्ण रूपमा रोक लगाइनेछ । यस अवधिमा सर्वसाधारण, सवारीसाधन तथा मालवाहक सवारीको आवागमन बन्द गरिनेछ । सिमा नाकाका दुबै तर्फका प्रहरी प्रमुखहरु बसेर सुरक्षा समन्वय गर्ने र नाका बन्द गर्ने सहमति गर्दै आएका छन् ।

निर्वाचनका समयमा सीमा क्षेत्रमार्फत हुन सक्ने अवाञ्छित गतिविधि, अवैध ओसारपसार, हतियार तथा नगदको कारोबार, आपराधिक समूहको आवतजावत जस्ता जोखिमलाई न्यूनिकरण गर्न दुवै देशबीच हरेक निर्वाचनमा यस प्रकारको सुरक्षा व्यवस्था अपनाइँदै आएको छ । यसका लागि सीमा सुरक्षा बल, प्रहरी र सशस्त्र प्रहरी बललाई उच्च सतर्कतामा राखिने गृह मन्त्रालयले जनाएको छ ।

mulpatra mulpatra mulpatra