७ दिन मदिरा बिक्रीमा रोक लगाउने तयारीमा सरकार
काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन हुनभन्दा ७ दिनअघि मदिरा बिक्रीमा रोक लगाउनेबारे छलफल भएको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा त्यसबारे छलफल भएको बैठकमा भइरहेको छ ।

कम्तीमा ७ दिन अघिदेखि मदिरा बेचबिखनमा पूर्ण रोक लगाउनुपर्छ भन्ने छलफल भएपनि निश्चित भएको छैन । मंगलबारको छलफल अनुसार निर्वाचन आयोगले मदिरा बेचबिखन रोक्नेबारे सरकारलाई सिफारिस गर्नेछ । फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।
मदिरा बिक्रीमा नियन्त्रण नगरेमा त्यसले निर्वाचन सुरक्षामा चुनौती थपिने विश्लेषण गरिएको छ । फागुन १९ मा मनाउन लागिएको तराई होलीलाई व्यवस्थित बनाउन पनि सरकारले मदिरा नियन्त्रण गर्ने तयारी गरिरहेको छ ।
![]() |
![]() |
![]() |
|---|
उच्चस्तरीय सुरक्षा समितिले सीमानामा ७२ घण्टाअघि आवागमन बन्द गर्ने निर्णय गरेको छ ।



