१ लाख ८६ हजार अस्थायी मतदाता कायम
काठमाडौँ । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ८६ हजार अस्थायी मतदाता कायम भएका छन् । यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएको मतदानस्थलमा मतदान गर्न पाउनेछन् ।

आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाएर अस्थायी मतदाता नाममा नाम संकलन गरेको थियो । मतदाता सूचीमा नाम समावेश भएका तर निर्वाचनमा खटिएका वा अन्य कारणले निर्धारित मतदानस्थलमा जान नसक्नेहरूलाई अस्थायी मतदाता सूचीमा समावेश गर्ने व्यवस्था बमोजिम तिनीहरुको नाम पुन अस्थायी मतदातामा समावेश गरिएको हो ।
नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरु मध्ये नाम लेखाएकाहरुको नाम स्थायी मतदाता नामावलीमा समावेश भएको छ ।
![]() |
![]() |
![]() |
|---|
अस्थायी मतदाताहरुले उनीहरुका लागि निर्धारण गरिएको १४३ मतदानस्थलमा मात्र समानुपातिकमा मत दिन पाउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।



