Close

Recent Posts

साउदी उड्नुअघि प्रतिकामदार ३२ हजार आर्थिक भार, एसभिपीले सिप परिक्षणभन्दा पैसा असुल्न मात्र खोलिएजस्तो देखियो

साउदी उड्नुअघि प्रतिकामदार ३२ हजार आर्थिक भार, एसभिपीले सिप परिक्षणभन्दा पैसा असुल्न मात्र खोलिएजस्तो देखियो

राजदूत–श्रम सचिवलाई साक्षी राखेर आयोजना गरिएको जापान रोजगार मेला कतै सिण्डिकेटकै सेटिङ त होइन ?

दक्षताको विषय उठेपछि कामदार लुटिएको प्रशंङ्ग कतै उठेन

राजदूत–श्रम सचिवलाई साक्षी राखेर आयोजना गरिएको जापान रोजगार मेला कतै सिण्डिकेटकै सेटिङ त होइन ?दक्षताको विषय उठेपछि कामदार लुटिएको प्रशंङ्ग कतै उठेन
  • १४ फाल्गुन २०८२, बिहीबार १७:०२

काठमाडौं– जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको रोजगार सम्मेलन आयोगन गरियो । रोजगार सम्मेलन समय सन्दर्भका दृष्टिकोणले समेत लाभदाय भएको आयोजकको दाबी छ ।

mulpatra

नेपाली कामदार इमान्दार र परिश्रमी रहेकाले ल्याउन खोजेको जापानको रोजगारदाता संघका निर्देशक तेत्सुहितो सुगिमुराको आफनो भनाइ मेलामा राखेका थिए । उनले पारदर्शी बनाउन र इच्छुक नेपाली श्रमिकलाई जापानी श्रमिकसरह सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत जनाए ।

उनलाई के थाहा यो रोजगार मेला आयोजना गर्नु पछाडी एउटा स्वार्थ समुह छ भन्ने । यो मेलाका वैदेशिक रोगजगार व्यवसायी संघका पूर्वअध्यक्ष प्रेमबहादुर कटुवाल मेलाका सहसंयोजक थिए ।

mulpatra mulpatra mulpatra

सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्ले, जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेल, वैदेशिक रोजगार व्यवसायी र जापानी न्यायमन्त्रीको साइडलाइन छलफल समेत भयो । यता संघ अध्यक्ष भुवन गुरुङ भने जापानको रोजगारीमा सिण्डिकेट खडा गर्न खोजेका कारण भिसा नै पाएनन् ।

जापानी न्याय मन्त्रालयले विदेशी कामदारको आवागमन जोडिएको अध्यागमन नियन्त्रण, आप्रवासन र नागरिकता, भिसा प्रदान, निर्वासन र शरणार्थी मान्यता ह्यान्डल र अध्यागमन सेवा एजेन्सीहरूको निरीक्षण गर्ने गर्दछ । तर नेपालमा भने यस्तो हुँदैन ।

जापान रोजगारीमा जाने कामदारले कम्तिमा १५ लाख खर्चिनुपर्छ । मेलामा भेट भएको बेला नेपाली व्यवसायीले यो समस्या कतै सुनाएनन् । यसको अर्थ अहिले जापान रोजगारीमा जाने कामदारमा कतैबाट सिण्डिकेट भित्र्याउने खेलमा संघका पूर्वअध्यक्ष तथा मेलाका सहसंयोजक कुटवाल रहेको शंका व्यवसायीले नै गरिरहेका छन् ।

Image Source: © https://mulpatra.com

हाल जापानले १९ वटा क्षेत्रमा विदेशी कामदार ।रोजगारीमा लिइरहेको छ । जापानी रोजगारदाताहरूले विदेशी कामदारको जापानी भाषा र सीपलाई अत्यन्तै प्राथमिकतामा राख्ने गरेको श्रम सविच दिपक काफ्ले समेत बताउँदै आएका छन् । तर हाल जापानमा कार्यरत कामदारको बिजोक भएको न उनले देखेका छन् । न स्यंम राजदूतले नै देखेका छन् ।

पूर्वअध्यक्ष कटुवालले रोजगार सम्मेलनले आगामी १० वर्षका लागि जापानी श्रम बजारमा नेपाली कामदारका लागि अवसरको ढोका खोलेको दाबी गरे छन् । उनैको टिमले अहिले श्रम मन्त्री राजेन्द्र सिंह भण्डारीलाई बोकेर जापान लगायत अन्य देशको रोजगारीमा सिण्डिकेटका प्रयास गरिरहेको छ । यस विषयमा भने उनी केही बोलेनन् ।

व्यवसायीहरूले जापानी स्ट्यान्डर्ड अनुसार आफ्नो दक्षता बढाउन जरुरी भएको उनले बोलिरहेका छन् । यो सही हो तर हालै मात्र उनैले एउटा तालिम केन्द्र खोलेका छन् । त्यसका लागि व्यवसायीहरूले जापानी स्ट्यान्डर्ड अनुसार आफ्नो दक्षता बढाउन जरुरी भएको भाषा बोलेको अन्य व्यवसायीको अनुमान छ ।

विगतमा ठगि मुद्दामा जेल समेत परेको उनले अहिले जापानको रोजगारीमा सिण्डिकेटको सेटिङका लागि मेलाको फाइदा लिने खोजेको आशंका छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com