Close

Recent Posts

जर्मन चान्सलरको बेइजिङ भ्रमणमा १२० जहाजको डिल, चीनसँग व्यापारमा जोडिदै युरोप

जर्मन चान्सलरको बेइजिङ भ्रमणमा १२० जहाजको डिल, चीनसँग व्यापारमा जोडिदै युरोप
  • १४ फाल्गुन २०८२, बिहीबार २०:३३

काठमाडौं– जर्मन चान्सलर फ्रेडरिक मर्जको जारी चीन भ्रमणका क्रममा बेइजिङले युरोपेली उड्डयन क्षेत्रको दिग्गज कम्पनी ‘एयरबस’ बाट १२० वटा विमान खरिद गर्ने घोषणा गरेको छ ।

mulpatra

बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको उच्चस्तरीय भेटवार्तापछि चान्सलर मर्जले यस ठूलो व्यापारिक उपलब्धिको पुष्टि गरेको गल्फ न्युजले उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘ट्यारिफ ब्लिट्ज’ (भन्सार वृद्धिको लहर) र अनिश्चित वैदेशिक नीतिका कारण उत्पन्न विश्वव्यापी आर्थिक अस्थिरताका बीच बर्लिन र बेइजिङले आफ्नो दशकौं पुरानो आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन खोजेका छन्।

mulpatra mulpatra mulpatra

गत वर्ष मात्रै अमेरिकालाई पछि पार्दै चीन जर्मनीको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको थियो, जसले गर्दा यो भ्रमण दुवै देशका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।

भेटवार्ताका क्रममा राष्ट्रपति सी र चान्सलर मर्ज दुवैले रणनीतिक सम्बन्धलाई ‘नयाँ उचाइ’ मा पु¥याउन प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रपति सीले कूटनीतिक र आर्थिक क्षेत्रमा जर्मनीसँगको साझेदारीलाई थप बलियो बनाउन आफू इच्छुक रहेको बताए। भने चान्सलर मर्जले जहाज खरिदको सम्झौताले यस्ता उच्चस्तरीय भ्रमणहरू कति फलदायी हुन्छन् भन्ने प्रमाणित गरेको उल्लेख गर्दै अन्य व्यापारिक सम्झौताहरू पनि पाइपलाइनमा रहेको जानकारी दिए।

Image Source: © https://mulpatra.com

व्यापारका अतिरिक्त दुई नेताबीच युक्रेन युद्धका विषयमा पनि गम्भीर छलफल भएको छ। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सीले यो समस्याको समाधानका लागि ‘कूटनीति’ नै मुख्य साँचो भएको बताए। उनले सबै पक्षको समान सहभागिता र जायज सुरक्षा चासोलाई सम्बोधन गर्दै शान्तिको ठोस आधार तयार पार्नुपर्नेमा जोड दिए।

जर्मन चान्सलरसँगै भोक्सवागन, बीएमडब्लु र मर्सिडिज जस्ता अटोमोबाइल क्षेत्रका दिग्गज कार्यकारीहरूको ठूलो टोली चीन पुगेको छ। चिनियाँ प्रधानमन्त्री लि कियाङसँगको भेटमा मर्जले ‘निष्पक्ष सहकार्य’ का लागि आह्वान गरेका छन्।

युरोपेली व्यवसायीहरूले चिनियाँ सामानको अत्यधिक सस्तो मूल्य र सरकारी अनुदानका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको गुनासो गर्दै आएका छन्। गत वर्ष चीनसँग जर्मनीको व्यापार घाटा रेकर्ड १०५ अर्ब डलर पुगेको थियो।

भ्रमणको बाँकी तालिका अनुसार चान्सलर मर्जले बेइजिङस्थित मर्सिडिजको प्लान्टमा ‘अटोनोमस ड्राइभिङ’ (स्वचालित सवारी) प्रविधिको अवलोकन गर्ने त्यसपछि आर्टिफिसियल इन्टेलिजेन्सको हब मानिने हाङ्जाउ प्रस्थान गर्नेछन्, जहाँ उनले रोबोटिक्स समूह ‘युनिट्री’ र जर्मन कम्पनी ‘सिमेन्स इनर्जी’ को भ्रमण गर्ने कार्यक्रम रहेको छ।

यो भ्रमणलाई ट्रम्पको पुनरागमनपछि पश्चिमा देशहरूले चीनसँग बनाउन खोजेको नयाँ सन्तुलनको रूपमा पनि हेरिएको छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com