बीबीसीको डकुमेन्ट्रीले भूराजनीतिक चलखेल देखायोः एमाले महासचिव

बीबीसीको डकुमेन्ट्रीले भूराजनीतिक चलखेल देखायोः एमाले महासचिव
  • १५ फाल्गुन २०८२, शुक्रबार ०७:५७

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बीबीसीको डकुमेन्ट्री सामान्य सञ्चार सामग्री मात्र नभई सम्भावित भूराजनीतिक चलखेलको जिउँदो प्रमाणका रूपमा टिप्पणी गरेका छन् ।

mulpatra

डकुमेन्ट्रीको विषयमा पोखरेलले सामाजिक सन्जाल फेसबुकले लेखेका छन् ‘चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन — यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो।’

सूचना स्वतन्त्र हुनुपर्छ, समय सन्दर्भ र उद्देश्य पनि पारदर्शी हुनुपर्छ भन्दै पोखरेलले चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग या नियोजित हस्तक्षेप ? भन्दै प्रश्न उठाएका छन् ।

mulpatra mulpatra mulpatra

उनले सामाजिक सञ्जालमार्फत् सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य हुने अडान जनाएका छन् ।

पोखरेलले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैँले गर्नुपर्ने भन्दै नेपालको सार्वभौमिकता हाम्रो साझा जिम्मेवारी रहेको बताएका छन् ।