संघका पुर्वअध्यक्षहरुकै गुरुङको विकल्प खोज्न सुझावकाठमाडौं सिडियोबाट पनि स्पष्टीकरणको पत्र
काठमाडौं–वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानका लागि यसै संघका पुर्व अध्यक्षहरुले असन्तुष्ट पक्षसँग सहमति खोज्न सुझाव दिएका छन् ।

हिजो संघका कार्यवाहक अध्यक्ष सुजित श्रेष्ठ र महासचिव महेश बस्नेतसँग भएको छलफलमा उनीहरुले संघको पछिल्लो समस्याका विषयमा यस्तो राय राखेका हुन् ।
उक्त छलफलमा यस्तो अवस्थामा संघको गरिमा जोगाउन तथा संस्थागत स्थायित्व कायम गर्न अध्यक्षले मार्गप्रशस्त गर्नु नै उपयुक्त र आवश्यक रहेको समेत धारण राखेका थिए ।
![]() |
![]() |
![]() |
|---|
संघका बहुमत पदाधिकारीले अध्यक्ष गुरुङलाई ३ हप्ते कारवाही गरी कायवाहक श्रेष्ठलाई दिएको छ । संघको पछिल्लो समस्या र विवादपछि काठमाडौं सिडियोले समेत गुरुङलाई पत्र काटेको संघले जनाएको छ ।
संघका सल्लाहकारलाई हटाएको विषयमा गुरुङलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयलले पत्र काटेको हो ।

पुर्वपदाधिकारीहरुले अहिलेको अवस्थामा संघका अध्यक्ष भुवनसिंह गुरुङले केही काम गर्न चुकेको र उनी बढी अरुप्रति झुकाप हुँदा व्यवसायीका माग ओझेलमा परेको धारण समेत राखेका थिए ।
Image Source: © https://mulpatra.com
अग्रज तथा घटक संस्थाका अध्यक्षहरूले आपसी मतभेद बिर्सेर समस्या समाधानका लागि अग्रसर हुन संघ कार्यसमितिको असन्तुष्ट पक्षलाई सुझाव दिएका छन् ।
तर संघका अध्यक्ष भने सहमतिभन्दा पनि पेलेर जाने पक्षमा रहेको असन्तुष्ट पक्षको आरोप छ । उनले संघको नेतृत्वमा आएपनि आफनो लागि मात्र काम गर्न खोज्दा अहिलेको समस्या देखिएको असन्तुष्ट पक्षको आरोप छ ।
व्यवसायमाथि प्रतिकूल अवस्था सिर्जना हुँदैछ, त्यसको सामना गर्न आरोप–प्रत्यारोपभन्दा पनि सहमति नै गर्नुपर्ने असन्तुष्ट पक्षले अध्यक्ष गुरुङसँग राख्दै आएका छन् ।
तर अध्यक्ष गुरुङ भने केही सिण्डिकेटधारी म्यानपावर र संस्थाका पछि लागेर यस्तो सुझाव दिने संघका पदाधिकारीलाई नै खनिने गरेका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



