पोखरामा ‘राजा आउ, देश बचाउ’ भन्दै राजाको विमानस्थलमा भव्य स्वागत
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आइपुगेका छन् । उनलाई समर्थकहरुले विमानस्थलमा भेला भएर स्वागत गरेका छन् ।

शाहको स्वागतका लागि उनका समर्थकहरू बाजागाजासहित उपस्थित भएका थिए । उनीहरुले ‘राजा आउ, देश बचाउ’ भन्दै गणतन्त्र विरूद्ध नारा समेत लगाएका छन् ।
लोकतन्त्र दिवसकै दिन पूर्वराजा ज्ञानेन्द्र पोखरा भ्रमणमा निस्किएका हुन् । उनी पोखरामा नवनिर्मित सोल्टी होटलमा बस्ने छन् ।
![]() |
![]() |
![]() |
|---|
ज्ञानेन्द्र शाह पोखरामा कम्तिमा २ हप्ता बस्ने योजनाका साथ आएको सुरक्षा स्रोतले जनाएको छ । पोखरा बसाइँको क्रममा उनले विभिन्न स्थान अवलोकन गर्ने र भेटघाट समेत गर्ने कार्यक्रम छ ।
ज्ञानेन्द्र शाहको पोखरा भ्रमण व्यवस्थापन समितिका सदस्य अर्जुन खनालले पूर्वराजाको यसपटकको भ्रमण अर्थपूर्ण रहेको बताए ।
पूर्वराजा कम्तिमा २ हप्ता पोखरा बस्ने यसपटकको भ्रमणबाट राजनीतिक हिसाबले पनि सन्देश दिने उनले बताए ।
Image Source: © https://mulpatra.com
२०८१ माघ २७ गते पोखरा भ्रमणमा आएका ज्ञानेन्द्र २ साता बसेर फर्किँदा राजावादीहरुले काठमाडौं विमानस्थलमा ठूलो शक्ति प्रदर्शन गर्दै स्वागत गरेका थिए ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



