बैंकहरुले मूल्य बढेसँगै बढ्यो सुनचाँदी धितो कर्जामा ‘गोल्ड लोन’ स्किम
काठमाडौं– चालु आर्थिक वर्षको साउनदेखि पुससम्म सुन धितो लिएर बैंकहरूले विस्तार गरेको ऋण १९.१ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको असारमा सुन धितोमा ८४ अर्ब ८० करोड रुपैयाँ कर्जा विस्तार भएकोमा पुससम्ममा बढेर १ खर्ब ९९ करोड पुगेको छ ।
पछिल्लो समय सुनको मूल्य अत्यधिक बढ्दै गर्दा सुन धितोमा कर्जा लिने पनि बढेका हुन् । गत आवको ६ महिनाको अवधिमा यस्तो कर्जा विस्तार १४.२ प्रतिशतले बढेको थियो ।
![]() |
![]() |
![]() |
|---|
गत २०८१ असारमा सुन धितोमा ६० अर्ब ७८ करोड रुपैयाँ कर्जा विस्तार भएकोमा २०८१ पुससम्ममा ६९ अर्ब ४२ करोड रुपैयाँ पुगेको थियो ।
गत आवको तुलनामा चालु आवको पुससम्ममा सुनको मूल्य १ लाख २२ हजार २ सय रुपैयाँले बढेको छ । २०८१ पुस २९ मा नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँ थियो ।
२०८२ पुस अन्तिममा भने २ लाख ७८ हजार रुपैयाँ पुगेको थियो । छोटो अवधिमै सुनको मूल्यमा तीव्र वृद्धि भएसँगै धितो राखेर कर्जा लिनेको संख्या पनि बढ्दै गएको हो ।
Image Source: © https://mulpatra.com
२०८० असारमा ७० अर्ब ७६ करोड रुपैयाँ सुनचाँदी धितो कर्जा विस्तार भएकोमा सोही वर्षको पुससम्ममा २१.४ प्रतिशतले घटेर ५५ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको थियो ।
यसअघि २०७९ पुसमा सुनचाँदी धितोमा ५४ अर्ब ९५ करोड रुपैयाँ कर्जा विस्तार भएको थियो, जुन २०७९ असारमा प्रवाह भएको सुनचाँदी धितो कर्जाको तुलनामा ३.२ प्रतिशत मात्रै बढी थियो । २०७९ असारमा सुनचाँदी धितो कर्जा ५३ अर्ब २७ करोड रुपैयाँ विस्तार भएको थियो ।
केही दिन अघिमात्रै एनआईसी एशिया बैंकले ‘गोल्ड लोन’ योजना सार्वजनिक गरेको छ । सुन तथा सुनका गहना धितोमा राखेर प्रवाह गरिने यो कर्जा योजनामा बैंकले न्यूनतम १ देखि अधिकतम ३ प्रतिशतसम्मको प्रिमियम दरमा कर्जा दिनेछ ।
यो योजनामा ग्राहकले ५० लाख रुपैयाँसम्मको कर्जा सीमा पाउने बैंकले जनाएको छ । बैंकले धितो राखिने सुनको बजार मूल्यको ७० देखि ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने भएकाले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न यसले सहयोग गर्ने बैंकको भनाइ छ ।
ग्राहकले आफूसँग भएको सुन तथा सुनका गरगहना धितोमा राखेर सहजै सस्तो ब्याजदरमै ऋण लिएर आफ्नो आवश्यकता पूरा गर्न सक्ने शाक्य बताउँछन् । बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितोमा ५० लाख रुपैयाँसम्म मात्रै कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै जाँदा नेपाली बजारमा पनि बढिरहेको छ । यस साता भने सुनको मूल्यमा उतारचढाव आएको छ । तैपनि विगतको तुलनामा सुनको मूल्यमा बढोत्तरी हुँदै जाँदा बैंकहरूले सुन किन्नका लागि कर्जा दिँदै आएका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



