महाकाली सन्धिमा आफूलाई जोडेपछि देवराजले हस्ताक्षर नगरेको दाबी
काठमाडौं– पूर्वसभामुख देवराज घिमिरेले महाकाली सन्धिलाई लिएर आफ्नोबारेमा भ्रम फैलाइएको भन्दै प्रष्टीकरण दिएका छन्। आज एक विज्ञप्ति जारी गर्दै महाकाली सन्धिबारे सामाजिक सञ्जालमा धेरैमा भ्रम रहेको भन्दै त्यसबारे बोलेका हुन्।

उनले भनेका छन्, ‘महाकाली सन्धिबारे म स्पष्ट छु । जो प्रश्न सोधिरहनुभएको छ, मैले जवाफ पनि दिइरहेको छु । जसले घृणाको राजनीति गर्न खोजिरहनुभएको छ, उहाँहरुलाई कम्तीमा सन्धिबारे अध्ययन र विश्लेषण गर्न अनुरोध गर्दछु।’
उनले केही दिनअघि एक जनाले भाइरल बनाउने नियतले भिडियो खिचेर सामाजिक सञ्जालमा राखेको आरोप लगाएका छन्।
![]() |
![]() |
![]() |
|---|
उनले भने, ‘मैले नियोजित हो भन्ने थाहा पाएपछि जवाफ नदिएको हो । अहिले त्यो भिडियो अमुक दलको प्रचार सामग्री बनेछ । म स्पष्ट पार्न चाहन्छु– कुनै पनि सन्धिमा मैले हस्ताक्षर गरेको छैन । म उक्त समयमा सांसद थिइनँ, मन्त्री थिइनँ र राज्यको कुनै पनि ओहदमा थिइनँ । लोकतान्त्रिक पार्टीमा बहस र छलफल हुन्छ । पार्टीमा मेरो मत जाहेर गरेको हुँ । मसँगै थुप्रै नेताले पक्ष विपक्षमा बहस गरेका थियौँ । भएको यत्ति हो ।’
पार्टीको वैकल्पिक केन्द्रीय सदस्यले कुनै हैसियतमा छिमेकी देशसँग सन्धि गर्दछ भन्ने पनि नबुझेको देख्दा आफूलाई दिग्दारी लागेको उल्लेख छ।
उनले थपेका छन्, ‘म ५० वर्षदेखि राजनीति गरिरहेको छु । राजनीति मेरो पेसा होइन, सेवा हो। बिनाश्रमको पैसा एक रुपैयाँ लिएको छैन । मैले ओहोदा र प्राप्तिका लागि राजनीति गरेको छैन । तीन वर्षअघि राजकीय जिम्मेवारी प्राप्त हुँदा इमानदारीताका साथ काम गरेँ, झापा क्षेत्र नं. २ का लागि मैले दिनेसम्म योगदान दिएको छु ।’
Image Source: © https://mulpatra.com
उनले आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग विगत र यो तीन वर्षमा भएको कामको विश्लेषण गर्दै कहिँकतै त्रुटि भेटिए विनम्रसाथ स्वीकार गर्न तयार रहेको बताएका छन्।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



