निर्वाचनमा कर्मचारी र सुरक्षाकर्मी गरी ५ लाख ३५ हजार बढी खटिए

निर्वाचनमा कर्मचारी र सुरक्षाकर्मी गरी ५ लाख ३५ हजार बढी खटिए
  • २१ फाल्गुन २०८२, बिहीबार ०७:१०

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कर्मचारी र सुरक्षाकर्मी गरी ५ लाख ३५ हजारभन्दा बढी जनशक्ति परिचालन गरिने भएको छ। निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि उक्त संख्यामा जनशक्ति परिचालन गरिएको छ ।

mulpatra

निर्वाचन आयोगका अनुसार ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रमा रहेका २३ हजार ११२ मतदान केन्द्र तथा समानुपातिकतर्फ मात्र मतदान हुने १४३ अस्थायी केन्द्रमा गरी करिब दुई लाख २१ हजार कर्मचारी खटिएका छन् । पाँच सयभन्दा बढी मतदाता भएका केन्द्रमा नौ जना र पाँच सयभन्दा कम मतदाता भएका केन्द्रमा आठ जना कर्मचारी खटाइएको छ ।

उता, निर्वाचन सुरक्षाका लागि करिब सवा तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले ‘एकीकृत सुरक्षा योजना–२०८२’ स्वीकृत गर्दै ३ लाख १४ हजार सुरक्षाकर्मी खटाउने निर्णय गरेको हो। यसमा करिब १ लाख ३० हजार म्यादी प्रहरीसमेत रहनेछन्।

mulpatra mulpatra mulpatra

गृह मन्त्रालय स्रोतका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका करिब ७९ हजार, नेपाल प्रहरीका करिब ७२ हजार, सशस्त्र प्रहरीका करिब ३३ हजार र १ लाख ३० हजार म्यादी प्रहरी परिचालन गरिएको छ ।

यसरी निर्वाचन व्यवस्थापनतर्फ दुई लाख २१ हजारभन्दा बढी कर्मचारी र सुरक्षातर्फ सवा तीन लाख सुरक्षाकर्मी खटिँदा समग्रमा ५ लाख ३५ हजारभन्दा बढी जनशक्ति निर्वाचनमा परिचालन भएका छन् ।