मूलपत्र मिडिया प्रालिका प्रबन्धक प्रकाशकुमार ढुंगेललाई पितृशोक
काठमाडौं– मूलपत्र मिडिया प्रालिका प्रबन्धक प्रकाश कुमार ढुंगेललाई पितृशोक परेको छ । झापा मेची नगरपालिका –१५ ज्यामिरगडीका ढुंगेलका ८३ वर्षीय पूजनीय बुबा पदमप्रसाद ढुंगेलको निधन भएको हो ।

विएनसि अस्पतालमा उपचारकै क्रममा आज बिहान १० बजे ढुंगेलको निधन भएको हो । उनी लामो समयदेखि निमोनियाका रोगले समस्यामा थिए । ढुंगेल झापा मेची नगरपालिकामा समाजसेवीका रुपमा परिचित छन् ।
