मधेशका ४ जिल्लाको सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति थापा

मधेशका ४ जिल्लाको सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति थापा
  • १६ फाल्गुन २०८२, शनिबार ०९:१४

काठमाडौँ । नेपाली काँग्रेसले शनिबार मधेसका चार जिल्लामा गर्ने चुनावी सभा मा पार्टी सभापति गगन कुमार थापाले सम्बोधन गर्ने भएका छन् । उनले सर्लाहीको लालबन्दी, रौतहट र बारा हुँदै पर्साको वीरगञ्जमा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् ।

mulpatra

त्यस्तै सभापति थापाले आइतबार फागुन १७ गते काठमाडौँ उपत्यकामा हुने कार्यक्रममा सम्बोधन गर्नेछन् ।

गत फागुन ६ गते जनकपुरधाममा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेपछि फागुन ७ गते काठमाडौँको राष्ट्रिय सभागृहमा प्रतिज्ञा पत्रबारे चर्चा गर्दै प्रतिज्ञा पत्रबारे उठेका प्रश्नको जवाफ दिएका थिए ।

mulpatra mulpatra mulpatra

सभापति थापाले गत बिहीबार सुर्खेत र बाँकेको चुनावी सभालाई सम्बोधन गरेका थिए । त्यस्तै सभापति थापाले शुक्रबार रुपन्देही, कपिलवस्तु, बागलुङ र कास्कीमा भएको चुनावी सभालाई सम्बोधन गरेका थिए ।