इरान माथि इजरायलको आक्रमण

इरान माथि इजरायलको आक्रमण
  • १६ फाल्गुन २०८२, शनिबार १२:५४

काठमाडौं । इजराइलले ईरानको राजधानी तेहरानसहितका धेरै सहरमा आक्रमण गरेको छ। एक अमेरिकी अधिकारीले अल जजीरालाई दिएको जानकारीअनुसार ईरानमाथि गरिएको यो आक्रमण संयुक्त राज्य अमेरिका र इजराइलको संयुक्त सैन्य कारबाहीको हिस्सा हो।

mulpatra

यस क्रममा ईरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको कार्यालय नजिकै आक्रमण गरिएको बताइएको छ। आक्रमणपछि खामेनेईलाई सुरक्षित स्थानमा सारिएको छ। शनिबार बिहान भएको यस आक्रमणपछि सहरहरूमा धुवाँको मुस्लो देखिएको छ।

इजराइल डिफेन्स फोर्सले ईरानमाथि आक्रमण भएको पुष्टि गर्दै यसलाई पूर्वसावधानीका रूपमा गरिएको आक्रमण भनेको छ। तेहरानसहितका धेरै सहरमा विस्फोटका आवाज सुनिएका छन् र हवाई आक्रमणका साइरन बजिरहेका छन्।

mulpatra mulpatra mulpatra

आक्रमणपछि ईरानले सबै उडानहरू रोक लगाएको छ र एयरस्पेस पूर्ण रूपमा खाली गराइएको छ। उता इजराइलमा पनि हवाई आक्रमणका साइरन सुनिन थालेका छन्। संवेदनशील क्षेत्रहरू खाली गरिँदै छन् र सर्वसाधारणलाई घरभित्रै बस्न अपिल गरिएको छ।