Close

Recent Posts

इरानले कतार र युएईमा गर्‍यो आक्रमण

इरानले कतार र युएईमा गर्‍यो आक्रमण
  • १६ फाल्गुन २०८२, शनिबार १८:३०

काठमाडौं । मध्यपूर्वमा तीव्र रूपमा चर्किएको तनावबीच इरानले कतार र संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका अमेरिकी सैन्य अड्डालाई लक्ष्य गर्दै मिसाइल आक्रमण गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शनिबार दिउँसो कतारको दोहास्थित अमेरिकी हवाई सेनाको अल उदैद सैन्य अड्डातर्फ इरानले प्रक्षेपण गरेका मिसाइल कतारको हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरेको छ। दोहामा विस्फोटका आवाज सुनिएको उल्लेख सिएनएनले गरेको छ।

mulpatra

यसैगरी, इरानले युएईको राजधानी आबुधाबी नजिक रहेका अमेरिकी सैन्य संरचनालाई लक्ष्य गर्दै पनि मिसाइल हमला गरेको जनाइएको छ। युएईको हवाई प्रतिरक्षा प्रणालीले मिसाइल नष्ट गरे पनि त्यसका टुक्रा एक आवासीय क्षेत्रमा खस्दा एक एसियाली नागरिकको मृत्यु भएको युएईको रक्षा मन्त्रालयले जनाएको छ। युएईले उक्त आक्रमणलाई इरानको कायरतापूर्ण कार्यको संज्ञा दिएको छ।

अमेरिका र इसराइलले शनिबार बिहान इरानमा हवाई आक्रमण गरेपछि त्यसको जवाफस्वरूप इरानले कतार, युएई, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको हो। यसअघि नै इरानले अमेरिकाले हमला गरे मध्यपूर्वमा रहेका अमेरिकी अड्डा लक्ष्य बन्ने चेतावनी दिएको थियो। घटनापछि खाडी क्षेत्रमा तनाव थप बढेको छ। यसैबीच डोनाल्ड ट्रम्पले इरानविरुद्ध विशेष सैन्य कारबाही सुरु भएको घोषणा गरेका छन् भने इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानमा नेतृत्व परिवर्तन हुने दाबी गरेका छन्।

mulpatra mulpatra mulpatra