इरानको कन्या प्राथमिक विद्यालयमा इजरायली आक्रमण मृत्यु हुनेको संख्या ८५ पुग्यो
तेहरान र वासिङ्टनबीच नयाँ चरणको वार्ता सुरु हुनुअघि शनिबार इरानकोे इरानी सहर मिनाबस्थित कन्या प्राथमिक विद्यालयमा अमेरिकी–इजरायली हवाई आक्रमणमा परि ८५ जना विद्यार्थीको ज्यान गएको छ । इजरायली र अमेरिकी ड्रो इरानका विभिन्न शहरमा खरेको थियो । विद्यालयमा भएको आक्रमणमा ९५ जना घाइते भएका छन्।

इरानी राष्ट्रपति मसुद पेजेश्कियानले शजरेह तय्येबाह प्राथमिक विद्यालयमा भएको हृदयविदारक त्रासदी प्रति शोक व्यक्त गर्दै निर्दोष विद्यार्थीहरूले भरिएको अवस्थामा विद्यालयमा बमबारी गर्नु निर्मम कार्य भएको बताएका छन् ।
उनले अमानवीय कार्य को कडा भर्त्सना गर्दै घाइतेहरूको तत्काल र प्राथमिकताका साथ उपचार गर्न आह्वान गरिएको छ।
इरानी अधिकारीहरुले भनेका छन् ‘सक्रिय कन्या विद्यालयमाथि गरिएको अमेरिकी–इजरायली आक्रमण अन्तर्राष्ट्रिय कानुनको मौलिक उल्लङ्घन हो। विद्यालयजस्ता नागरिक संरचना र सर्वसाधारणलाई जानाजानी लक्षित गर्नु सबै स्थापित सन्धिहरूअनुसार निषेधित छ र द्वन्द्वका मूल कानुनी सिद्धान्त—भेद र अनुपातिकता—उपेक्षा गर्ने भएकाले यो युद्ध अपराध हो।’
![]() |
![]() |
![]() |
|---|
पछिल्ला दुई वर्षमा इजरायलले गाजामा अमेरिकाको राजनीतिक, कूटनीतिक र आर्थिक सहयोगमा असंख्य विद्यालय, विश्वविद्यालय, अस्पताल तथा पूजा स्थलहरू ध्वस्त पारेको समेत अधिकारीहरुले बताएका छन् ।



