ईरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
काठमाडौँ । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएको छ। इरानका सरकारी टेलिभिजन र विभिन्न मिडिया आउटलेटहरूले सर्वोच्च नेता खामेनी मारिएको पुष्टि गरेका छन्।

यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इजरायली आक्रमणमा ईरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई मारिएको दाबी गरेका थिए । उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट गर्दै खामेनेई मारिएको बताएका थिए।
उनले लेखेका थिए, ‘इतिहासको सबैभन्दा क्रुर व्यक्तिमध्ये एक खामेनेई मारिएका छन् । यो केवल इरानी जनताका लागि मात्रै नभइ विश्ववका ती देशका नागरिकका साथ पनि न्याय भएको छ । जसलाई खामेनेही र उनका हत्यारा गिरोहले मारेका थिए ।’
![]() |
![]() |
![]() |
|---|
अमेरिका–इजरायलले शनिबार इरानको राजधानी तेहरानमा आक्रमण सुरु गरेका थिए । यस्तै इजरायली एयरफोर्सले आईएएफका फाटर जेट्सले इरानी सेनालाई लक्षित गर्दै सटिक आक्रमण गरेको र त्यसमा इरानी डिफेन्स नेतृत्वका सात जना वरिष्ठ अधिकारी मारिएको बताएको छ ।
आइतबार बिहान मात्रै इरानी अधिकारीहरूले पनि उनको मृत्यु भएको पुष्टि गरेको त्यहाँका सञ्चारमाध्यमहरुलाई उद्धृत गरेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
सर्वोच्च नेता खामेनीको मृत्युपछि इरानमा ४० दिने सार्वजनिक शोक घोषणा भएको पनि रोटर्सले लेखेको छ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



