महाअभियानका संयोजक दुर्गा प्रसाईँ पक्राउ

महाअभियानका संयोजक दुर्गा प्रसाईँ पक्राउ
  • १७ फाल्गुन २०८२, आईतवार ०९:३७

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनलाई भक्तपुर स्थित निवासबाटै आज विहान पक्राउ गरिएको हो ।

mulpatra

प्रसाईँलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा लगिएको छ । उनलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले बताएका छन् ।

सुसिला कार्की सरकारसँग १२ बुँदे सहमति गरेका प्रसाईले सरकारले सहमति पालना नगरेको आरोप लगाउँदै आएका छन् । सरकारले उनीसँग गरेको सहमति पालना नगरुन्जेल निर्वाचन गराउनुको कुनै अर्थ नभएको भन्दै प्रसाईले निर्वाचन रोक्न र भोट नहाल्न सार्वजनिक अपिल गरेका थिए।
उनलाई सार्वजनिक शान्ति विरूद्धको कसुरमा पक्राउ गरिएको डिएसपी जबेगुले जानकारी दिए।

mulpatra mulpatra mulpatra

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा प्रसाईँ केही दिनअघि मात्रै सर्वोच्चको आदेशमा रिहा भएका थिए।