कांग्रेसको काठमाडौं केन्द्रीत चुनावी सभाः सभापति थापाले ६ ठाउँमा सम्बोधन गर्ने
काठमाडौं । नेपाली कांग्रेसले आइतबार काठमाडौं उपत्यकामा केन्द्रित गर्दै ६ वटा चुनावी सभा आयोजना गर्ने भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित यी सभाहरूमा पार्टीका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरूको उपस्थिती रहने जनाइएको छ।

पार्टी सभापति थापाले ६ वटै सभामध्ये सबैमा सम्बोधन गर्ने तालिका सार्वजनिक गरिएको छ। उपसभापति शर्मा केही स्थानका सभामा सहभागी हुनेछन्।
काठमाडौंको कीर्तिपुर, काठमाडौं–२ को पेप्सीकोला टाउनप्लानिङ, काठमाडौं–७ को बालाजु , काठमाडौं–५ र ६ को संयुक्त सभा सभामुखी चोक, काठमाडौं–४ को बालुवाखानी र भक्तपुर–२ को ठिमी मा सभा हुने छ ।
![]() |
![]() |
![]() |
|---|
काठमाडौं उपत्यकामा केन्द्रित यी सभामार्फत कांग्रेसले अन्तिम चरणको चुनावी माहोल आफ्नो पक्षमा पार्ने रणनीति बनाएको बताइएको छ।



