राश्वपाको प्रचारमा हिँडेको जीपबाट बियर, रक्सी र चामल भेटियो
काठमाडौं– सल्यानमा रास्वपाको चुनावी प्रचारप्रसारमा प्रयोग गरिएको गाडीमा मदिरा र चामल लोड गरेको प्रहरीले भेटेको छ ।

बनगाड–कुपिण्डे नगरपालिकास्थित सल्लिबजारमा सोमबार बिहानै खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–०१८ च ०४२९ नम्बरको बोलेरो जीप प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोमबार बिहान करिब ८ बजे गाडीमा रक्सी ७ कार्टुन, बियर २ कार्टुन, चामल २ बोरा र खाने तेल ३ कार्टुनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए ।
![]() |
![]() |
![]() |
|---|
पार्टीको प्रचारप्रसारमा प्रयोग भएको उक्त गाडीमा पार्टी झण्डा, ब्यानर र साउण्ड बक्स थियो। मतदान नजिक आइरहेको बेला गाडीमा मदिरा र खाद्यान्न लोड गरिएकोले निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै विरोध भएको थियो । घटनासँग सम्बन्धित भिडिओ सामाजिक सञ्जालमा समेत आएको छ ।
जीप चालक नन्द रानाले उक्त सामग्री खैरागारसम्म स्थानीय व्यापारीको ढुवानीका लागि रहेको दाबी गरे । ती सामग्री कृतिबहादुर रानाको भएको बताइएको छ । रास्वपा बनगाड–कुपिण्डे नगर सभापति लोकेन्द्र वलीले प्रचारमा प्रयोग भएको गाडीमा यस्तो सामग्री राखिनु चालकको कमजोरी भएको बताएका छन् ।
उनले भुलवश वा अन्जानमा भएको गल्ती स्वीकार गर्दै पार्टीलाई यसबारे कुनै जानकारी नभएको जिकिर गरे ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



