युद्धका कारण तेल र ग्यासको मूल्य निरन्तर वृद्धि, अमेरिकीसहित विश्व बजार प्रभावित
काठमाडौं– अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण तेल (पेट्रोल)को मूल्य निरन्तर उकालो लागेको छ ।

ब्रेन्ट क्रुड तेलको मूल्य करिब १.९ प्रतिशत बढेर ७९.२५ प्रतिब्यारेल अमेरिकी डलर पुगको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी बजारमा व्यापार हुने तेल पनि करिब १.५ प्रतिशतले बढेको छ ।
अमेरिका र इजरायलले आइतबार–सोमबार इरानमाथि आक्रमण सुरु गरेपछि विश्व तेल र ग्यास मूल्यमा ठूलो वृद्धि आएको छ ।
![]() |
![]() |
![]() |
|---|
प्राकृतिक ग्यासको मूल्य सोमबार अचानक बढेको छ । विश्वकै ठूलो निर्यातकर्ता कतार एनर्जीले आफ्नो उत्पादन रोक्न बाध्य भएको जनाएको छ ।
पश्चिम एसियामा युद्ध सुरु हुनुअघि शुक्रबार तेलको मूल्य प्रतिब्यारेल ७३ अमेरिकी डलर कायम थियो ।



