ताप्लेजुङदेखि दार्चुलासम्मका ६१ स्थानका मतपेटिका हेलिकोप्टरबाट संकलन हुने

ताप्लेजुङदेखि दार्चुलासम्मका ६१ स्थानका मतपेटिका हेलिकोप्टरबाट संकलन हुने
  • २१ फाल्गुन २०८२, बिहीबार १०:००

काठमाडौं । निर्वाचन आयोग ले दुर्गम तथा हिमाली क्षेत्रका मतपेटिका सुरक्षित र छिटो ढुवानी गर्न विशेष व्यवस्था गरेको जनाएको छ। बिहीबार हुने मतदानपछि ताप्लेजुङदेखि दार्चुलासम्मका १५ जिल्लाका ६१ स्थानबाट मतपेटिका हेलिकोप्टरमार्फत गणनास्थलमा संकलन गरिने आयोगले जनाएको छ। चुनावको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा आयोगले दुर्गम भूगोलका कारण हवाई माध्यम प्रयोग गर्न लागिएको जानकारी दिएको छ।

mulpatra

आयोगका सचिव कृष्णबहादुर राउतले हिमाली र उच्च पहाडी भेगका मतदान केन्द्रबाट मतपेटिका स्थलमार्गबाट ल्याउन कठिन हुने भएकाले हेलिकोप्टर प्रयोग गरिने बताए। उनका अनुसार अन्य स्थानका मतपेटिका भने सवारी साधनमार्फत सम्बन्धित गणनास्थलमा पुर्‍याइनेछ र आवश्यक ढुवानी बजेट जिल्ला निर्वाचन कार्यालयहरूमा पठाइसकिएको छ।

यसअघि नै अति दुर्गम जिल्लाहरू हुम्ला र डोल्पाका २७ स्थानमा हेलिकोप्टरमार्फत मतपत्र, कर्मचारी र सुरक्षाकर्मी परिचालन गरिसकिएको आयोगले जनाएको छ। आयोगले सम्पूर्ण मतदान प्रक्रिया सुरक्षित, व्यवस्थित र पारदर्शी रूपमा सम्पन्न गर्न आवश्यक समन्वय र तयारी पूरा भएको जनाएको छ।

mulpatra mulpatra mulpatra