२४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी
काठमाडौं । निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गरिसक्ने जनाएको छ । आयोगले मतदान सकिएलगत्तै मतपेटिका संकलन गरिने र गणना सुरु गरिने जनाएको छ ।

प्रतिनिधिसभा सदस्यको लागि आज देशभर एकसाथ मतदान भइरहेको छ । आयोगले विभिन्न १५ जिल्लाका ६१ मतदानस्थलबाट मतपेटिका हेलिकप्टबाट संकलन गर्ने जनाएको छ ।
आयोगले भनेको छ ‘मतपेटिका प्राप्त भएर गणना सुरु गरेका २४ घण्टाभित्र नतिजा सार्वजनिक गर्छौँ । साथसाथै समानुपातिकको पनि छिटै सार्वजनिक गर्छौँ ।’ आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको भन्दै निर्धक्क भएर मतदान गर्न अपिल गरेको छ ।
![]() |
![]() |
![]() |
|---|



