३८ लाख मत खस्यो
काठमाडौं– देशभर जारी मतदानको अद्यावधिक विवरण प्राप्त भएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार बिहान साढे १० बजेसम्म ३८ लाख मत खसेको छ।

केही मतदानस्थलबाहेक देशभर बिहान ७ बजेदेखि मतदान जारी छ। यस्तै, १ सय ४३ अस्थायी मतदानस्थल तय गरिएका छन् । आयोगले साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकेको छ।
निर्वाचनमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता छन् । यस्तै, एक लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । देशभर जारी मतदानको अद्यावधिक विवरण प्राप्त भएको छ।
![]() |
![]() |
![]() |
|---|
निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार बिहान साढे १० बजेसम्म ३८ लाख मत खसेको छ। केही मतदानस्थलबाहेक देशभर बिहान ७ बजेदेखि मतदान जारी छ। आयोगले साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकेको छ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।



