Close

Recent Posts

देशभरबाट मतगणना सुरु हुँदैः रास्वपाको प्रारम्भिक अग्रता

देशभरबाट मतगणना सुरु हुँदैः रास्वपाको प्रारम्भिक अग्रता
  • २२ फाल्गुन २०८२, शुक्रबार ०७:०१

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना सुरु भएसँगै प्रारम्भिक परिणामहरू सार्वजनिक हुन थालेका छन्। सुरुवाती गणनाको नतिजाअनुसार अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन् भने केही क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार पनि प्रतिस्पर्धामा अघि देखिएका छन्।

mulpatra

चितवन–३ मा रास्वपाकी सोविता गौतम ९२५ मतसहित अग्रस्थानमा छिन्। उनलाई नेकपाकी रेणु दाहालले ६७९ मतसहित पछ्याइरहेकी छन्। यसै क्षेत्रमा एमालेका शंकरराज थपलियाले २०२, कांग्रेसका टेकप्रसाद गुरुङले १२९ र राप्रपाका दीपक थापा मगरले २२ मत प्राप्त गरेका छन्।

रुपन्देही–३ मा पनि रास्वपाले प्रारम्भिक गणनामै फराकिलो अग्रता बनाएको छ। यहाँ रास्वपाका डा. लेखजंग थापा १,३७७ मतसहित पहिलो स्थानमा छन्। कांग्रेसका सुशिल गुरुङले २४९, राप्रपाका गौरव बोहराले २४८ र एमालेका बासुदेव घिमिरेले १९२ मत प्राप्त गरेका छन्।

mulpatra mulpatra mulpatra

ललितपुर–१ मा भने नेपाली कांग्रेसका उदयशमशेर जबरा ५२२ मतसहित अग्रस्थानमा छन्। उनलाई एमालेका चेतनाथ सञ्जेलले २६९ मतसहित पछ्याइरहेका छन्। रास्वपाका बुद्धरत्न महर्जनले १२२ मत ल्याएका छन्।

काठमाडौं–३ मा प्रारम्भिक अग्रता परिवर्तन भएको छ। यसअघि अघि रहेका उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई रास्वपाका राजु पाण्डेले उछिनेका छन्। पछिल्लो मतपरिणामअनुसार पाण्डेले २,९६० मत प्राप्त गर्दा घिसिङले २,७०६ मत पाएका छन्। कांग्रेसका रमेश अर्याल र एमालेका रामेश्वर फूयाँल क्रमशः ५८३ र ४५६ मतसहित पछाडि छन्।

रुपन्देही–२ मा रास्वपाका सुलभ खरेलले एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई प्रारम्भिक गणनामै ठूलो मतान्तरले पछि पारेका छन्। खरेलले ४,०७४ मत प्राप्त गर्दा पौडेलले ८४५ मत पाएका छन्। कांग्रेसका चुन्नप्रसाद शर्मा ५०४ मतसहित तेस्रो स्थानमा छन्।

Image Source: © https://mulpatra.com

कास्की–३ मा रास्वपाकी बिना गुरुङ ४८२ मतसहित अग्रस्थानमा छिन्। कांग्रेसका मनोज गुरुङले २८० मत पाएका छन् भने एमालेका दामोदर पौडेल ‘बैरागी’ ११९ मतसहित तेस्रो स्थानमा छन्।

कास्की–१ मा पनि रास्वपाका खड्कराज पौडेल (गणेश पौडेल) ८६६ मतसहित अगाडि छन्। उनलाई कांग्रेसका तिलकबहादुर रानाभाटले ४७५ मतसहित पछ्याइरहेका छन् भने एमालेका बैनबहादुर क्षेत्रीले ३०७ मत प्राप्त गरेका छन्।

उता चितवन–२ मा भने प्रारम्भिक गणनामा एमालेका अस्मिन घिमिरे ३२५ मतसहित अगाडि छन्। रास्वपाका सभापति रवि लामिछानेले २११ मत पाएका छन्। कांग्रेसकी मिना खरेलले १४५ र नेकपाका प्रताप गुरुङले १६१ मत प्राप्त गरेका छन्।

त्यसैगरी काठमाडौं–२ मा रास्वपाका सुनिल केसी ४२४ मतसहित अग्रस्थानमा छन्। एमालेका मणिराम फूयाँलले २३६ मतसहित दोस्रो स्थान ओगटेका छन् भने कांग्रेसका कविर शर्माले १८९ मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगका अनुसार देशका विभिन्न स्थानमा मतगणना जारी रहेको छ र प्रारम्भिक परिणामहरू क्रमशः सार्वजनिक भइरहेका छन्। अन्तिम नतिजा आउन भने अझ केही समय लाग्ने आयोगले जनाएको छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com