Close

Recent Posts

नेपाली जनताले परिवर्तन रोजेकोप्रति हामी ग्लोबलका अध्यक्ष अमृत लामाले अमेरिकाबाट दिए धन्यवाद

नेपाली जनताले परिवर्तन रोजेकोप्रति हामी ग्लोबलका अध्यक्ष अमृत लामाले अमेरिकाबाट दिए धन्यवाद
  • २३ फाल्गुन २०८२, शनिबार १३:४५

कामठाडौं– नेपाली जनताले परिवर्तन रोजेकोप्रति ग्लोबलका अध्यक्ष अमृत लामाले अमेरिकाबाट धन्यवाद व्यक्त गरेका छन् । उनले जनताले अहिलेको मागअनुुुसार परिवर्तनका लागि मतदान गरेकोप्रति धन्यवाद समेत दिए ।

mulpatra

लोकतन्त्रको सुन्दर पक्ष जनताको मत भएको बताउँदै उनले आफनो फेसबुक पेजमा यस्तो स्टाटस लेखेका छन् ।

अमेरिका , २१ फागुनमा नेपालमा सम्पन्न निर्वाचनको नतिजाप्रति अमेरिकामा मुख्यालय रहेको संस्था हामी नेपाली ग्लोबलले स्वागत र बधाई व्यक्त गरेको छ । संस्थाका अध्यक्ष अमृत लामाले नेपाली जनताले देखाएको परिवर्तनको चाहनालाई सम्मान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीमा आएको जनलहर स्वाभाविक भएको बताएका छन्।
अध्यक्ष लामाले नेपाली जनताको परिवर्तनप्रतिको चाहना अनुसार धमाधम सार्वजनिक भइरहेका निर्वाचन परिणामहरू अत्यन्त सकारात्मक र सुखद रहेको प्रतिक्रिया दिएका छन्। उनले यस जनलहरलाई “हामी नेपाली ग्लोबल” परिवारले गौरवका साथ स्वागत गर्दै बधाई व्यक्त गरेको बताए।
न्यूयोर्कबाट “ हेल्लो अमेरीका “ संग कुरा गर्दै अध्यक्ष लामाले भने, “परिवर्तन चाहने नेपाली जनताको चाहना अनुरूप आएको यो परिणाम लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण संकेत हो। हामी यसलाई गर्वका साथ स्वागत गर्छौं र नेपाली जनतालाई बधाई दिन्छौं।”
उनले आगामी दिनमा नेपाली जनताको अपेक्षा पूरा गर्ने गरी नयाँ नेतृत्वले जिम्मेवारीपूर्वक काम गर्ने विश्वास समेत वहाले व्यक्त गर्नु भएको छ !

mulpatra mulpatra mulpatra