जेनजी आयोगको प्रतिवेदन सरकारलाई बुझाइँदै
काठमाडौँ । भदौं २३ र २४ भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले तयार गरेको प्रतिवेदन आज सरकारलाई बुझाएको छ ।

जेनजी प्रदर्शनमा भएका घटनाको छानविन गर्ने पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा छानविन आयोग गठन गरिएको थियो । आयोगले तयार गरेको प्रतिवेदन आज प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउने कार्यक्रम रहेको छ ।
आयोगमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य रहेका छन्। आयोगले घटनाबारे विस्तृत अनुसन्धानका क्रममा सरकारी अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा आन्दोलनका प्रत्यक्षदर्शीसहित १५० भन्दा बढी व्यक्तिसँग बयान लिएको जनाएको छ।
![]() |
![]() |
![]() |
|---|



