समानुपातिकमा रास्वपालाई ५० प्रतिशतभन्दा बढी मत, मतगणना जारी
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमो प्रत्यक्ष तर्फको १४१ सिटको मतपरिणाम सार्वजनिक भइसकेको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अहिले सम्म १११ सिटमा जित निकालिसकेको छ भने १४ स्थानमा अग्रता कायम गरेको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गरेको छ भने मतगणना जारी रहेको छ ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म २७ लाख १८ हजार ७१८ मत गणना भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले १४ लाख ६१ हजार ३८१ मत पाएको छ । गणना भएको मतको आधारमा यो ५० प्रतिशतभन्दा बढी हो ।
![]() |
![]() |
![]() |
|---|
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख ९४ हजार २५१ मत पाएको छ । नेकपा एमाले ४ लाख ३ हजार ८९९ मतसहित तेस्रो स्थानमा छ ।
चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले एक लाख ९३ हजार ५५० मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख एक हजार २२४ मत पाएको छ ।
यसैगरी श्रम संस्कृति पार्टीले ५९ हजार २४१ मत प्राप्त गरेको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



