बालेनसहित ५० हजारमाथि मत ल्याएर जित्ने राश्वपाका युवा उम्मेदवार

बालेनसहित ५० हजारमाथि मत ल्याएर जित्ने राश्वपाका युवा उम्मेदवार
  • २४ फाल्गुन २०८२, आईतवार १९:२८

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ सबैभन्दा बढी मत ल्याएर विजयी हुने उम्मेदवार बनेका छन् । उनले कुल १ लाख ६ हजार ५६८ मतमध्ये ६८ हजार ३४८ मत पाए ।

mulpatra

जुन देशभरका उम्मेदवारले पाएको मतमा सबैभन्दा बढी मत हो । साथै, बालेनले निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तर पनि सबैभन्दा बढी बनाएका छन् ।

झापा–५ मा बालेनका निकटतम प्रतिद्वन्द्वी बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत पाएका थिए । जुन बालेनले पाएको मतभन्दा ४९ हजार ६१४ कम हो ।

mulpatra mulpatra mulpatra

बालेन सबैभन्दा बढी मत ल्याएर विजयी हुँदै गर्दा रास्वपाबाट झापा–२ मा इन्दिरा रानामगर पनि सबैभन्दा बढी मत ल्याउने दोस्रो उम्मेदवार बनिन् । उनी ६० हजार ११० मत ल्याएर विजयी भइन् ।

यसैगरी, चितवन–३ बाट विजयी सोविता गौतम सबैभन्दा बढी मत ल्याउने तेस्रो उम्मेदवार बनेकी छिन् । उनले ५९ हजार २७७ मत पाएकी छिन् ।

रुपन्देही–३ मा रास्वपाबाटै उम्मेदवार बनेका डा. लेखजंग थापाले ५८ हजार ८१४ मत पाएका छन् । चितवन–१ मा हरि ढकाल पनि ५८ हजार २०८ मत ल्याउँदै विजयी भएका छन् ।

Image Source: © https://mulpatra.com

यसैगरी, रुपन्देही–२ बाट रास्वपाकै सुलभ खरेल ५६ हजार ५५० मत ल्याउँदै विजयी भएका छन् ।

यता, मोरङ–६ मा रास्वपाबाटै उम्मेदवार बनेकी रुबिना आचार्यले ५५ हजार ५१३ मत ल्याउँदै विजयी भइन् । रुपन्देही–१ मा रास्वपाकै सुनिल लम्साल ५४ हजार ८४५ मत ल्याउँदै विजयी भए ।

चितवन–२ बाट उम्मेदवार बनेका रास्वपा सभापति रवि लामिछानेले पनि ५४ हजार ४०२ मत ल्याउँदै विजयी भए । उनी रास्वपाबाट सबैभन्दा बढी मत ल्याएर विजयी हुनेमा ९ नम्बरमा छन् ।

यसैगरी, काभ्रे–२ मा रास्वपाबाटै उम्मेदवार बनेका बदनकुमार भण्डारीले ५३ हजार ३४४ मत पाएका छन् ।

यता, नवलपुर–१ मा राजन गौतम ५० हजार ९४५ मत विजयी भएका छन्

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com