१६ अर्बको गलैँचा र अलैँची मात्र निर्यात

१६ अर्बको गलैँचा र अलैँची मात्र निर्यात
  • ९ बैशाख २०८३, बुधबार १९:१६

काठमाडौं– नेपालको वैदेशिक व्यापारको चित्र सधैँ निराशाजनक हुने गरे पनि केही मौलिक र स्वदेशी कच्चा पदार्थमा आधारित वस्तुहरूले भने अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेका छन् ।

mulpatra

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ९ महिनाको वैदेशिक व्यापारको तथ्यांकले निर्याततर्फ केही आशालाग्दा संकेतहरू देखाएको छ ।

विशेषगरी नेपालको पहिचानका रूपमा रहेका हस्तनिर्मित ऊनी गलैँचा र पहाडी भेगको मुख्य नगदे बाली अलैँचीले मात्रै यो अवधिमा झन्डै १६ अर्ब रुपैयाँको वैदेशिक मुद्रा भित्र्याउन सफल भएका छन् ।

mulpatra mulpatra mulpatra

विभागका अनुसार टप १० निर्यातजन्य वस्तुहरूको सूचीमा गलैँचा र अलैँचीसँगै जुट, धागो र फलफूलको रस (जूस) ले पनि उल्लेख्य हिस्सा ओगटेका छन् ।

भन्सार विभागको तथ्यांक अनुसार ९ महिनाको अवधिमा नेपालबाट कुल ६ अर्ब ५३ करोड ९६ लाख ४८ हजार रुपैयाँ बराबरको २ लाख ४५ हजार ६६१ वर्गमिटर गलैँचा निर्यात भएको छ । विश्व बजारमा नेपाली हस्तनिर्मित गलैँचाको माग बढ्दै जाँदा यसले निर्यातको शीर्ष स्थानमा आफ्नो पकड जमाएको हो ।

त्यस्तै, नेपालको अर्को प्रमुख निर्यातयोग्य वस्तु अलैँचीले पनि यो अवधिमा राम्रो बजार पाएको छ । विभागका अनुसार ९ महिनामा ९ अर्ब ४९ करोड ६१ लाख ४५ हजार रुपैयाँ बराबरको ४६ लाख ५ हजार १५० किलो अलैँची भारत लगायतका तेस्रो मुलुकमा निर्यात भएको छ । नपिँधिएको र कच्चा अवस्थामै ठूलो परिमाणमा अलैँची बाहिरिँदा यसले किसान र व्यवसायी दुवैलाई उत्साहित बनाएको देखिन्छ ।

Image Source: © https://mulpatra.com

तथ्यांकलाई केलाउँदा गलैँचा र अलैँचीको संयुक्त निर्यात मूल्य मात्रै १६ अर्ब ३ करोड ५७ लाख ९३ हजार रुपैयाँ पुगेको छ । यसले नेपालको कुल निर्यातमा यी दुई वस्तुको प्रभुत्व कति छ भन्ने स्पष्ट पार्छ । यद्यपि, निर्यातको सूचीमा सबैभन्दा माथि भटमासको तेल देखिए पनि यसमा स्वदेशी मूल्य अभिवृद्धि (भ्यालु एड) भने निकै कम रहने गरेको छ ।

भन्सारको विवरण अनुसार ९ महिनामा ७५ अर्ब ७७ करोड ४१ लाख ५१ हजार रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ । तेस्रो मुलुकबाट कच्चा तेल आयात गरी नेपालमा सामान्य प्रशोधन गरेर पुनः निर्यात गरिने भएकाले यसलाई ’विशुद्ध स्वदेशी’ उत्पादन मान्न गाह्रो भए पनि व्यापारिक कारोबारका आधारमा यो शीर्ष स्थानमा छ । यसैगरी पाम तेलको निर्यात पनि ४ अर्ब ३२ करोड ३८ लाख ३५ हजार रुपैयाँ बराबरको भएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com