संघका कार्यवाहक अध्यक्ष श्रेष्ठले आम व्यवसायीसँग समसामयिक विषयमा छलफल गरे
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङलाई ३ हप्ते कारवाही गरेपछि कार्यवाहक अध्यक्ष सुजित श्रेष्ठले आज संघमा आम व्यवसायीसँग छलफल गरेका छन् ।

गुरुङले संघभित्रै केही व्यवसायको सहयोगमा गत आइतवार नवराज केसी र धनलाल जैसीलाई हटाइएको विषयमा स्पष्टीकरण पनि सोधिएको छ ।
आज संघकै वरिष्ठ उपाध्यक्ष सुजित श्रेष्ठको नेतृत्वमा बसेको कार्यसमितिको बैठकले सल्लाहकारलाई हटाइएको गरेको फिर्ता, कारवाही गर्नुको स्ष्टीकरण सोध्दै संघको कार्यवाहक अध्यक्ष श्रेष्ठलाई तोकेको हो ।
![]() |
![]() |
![]() |
|---|
उनले आजदेखि वैदेशिक रोजगारी क्षेत्रमा व्यवसायीले भोग्दै आएका समस्या र समाधान कसरी गर्ने भन्ने विषममा छलफल चलाएको जानकारी दिए । म्यानपावर व्यवसायीले पछिल्लो समयमा भोगेको समस्या र अहिले कसरी व्यवसायी अगाडी बढाउने भने छलफल गरिएको उनले बताए । ‘भोली पुर्वअध्यक्ष, उपाध्यक्ष, महासचिव र अन्य व्यवसायीसँग यस्तै विषयमा छलफल हुन्छ । व्यवसायीले भाग्दै आएका मसामयिक विषयमा छलफल गरेर अगामी योजना बनाइन्छ ।’ उनले भने ।
सल्लाहकार केसी र जैसीमाथि कारवाही गर्नुको कारण सोध्दै अध्यक्ष गुरुङलाई ३ सातालाई कारवाही समेत गरिएको संघको एक पदाधिकारीले जानकारी दिए ।
सल्लाहकारलाई संघको नियम विपरित हटाइएको भन्दै ३ हप्ताका लागि स्पष्टीकरणसहित कारवाही समेत गरिएको छ । उनलाई कारवाही गरेपछि कार्यवाहकको जिम्मा श्रेष्ठलाई दिएको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



