भान्सा मात्र होइन, कन्डम समेत महगियो
काठमाडौं– गर्मनिरोधक अस्थायी साधन कन्डमको मूल्य बढ्ने भएको छ । कन्डम उत्पादन गर्ने विश्वको सबैभन्दा ठूलो कम्पनी कारेक्सले अब कन्डमको मूल्य बढ्ने जनाएको हो ।

इरान युद्धका कारण कन्डमको मूल्य बढ्ने भएको सो कम्पनीका प्रमुख कार्यकारी अधिकारी गोमीआ किअटले बताएका बीबीसीले जनाएको छ ।
इरान युद्धका कारण कच्चा पदार्थको आपूर्ति अवरुद्ध भएकाले आफ्नो कम्पनीद्वारा उत्पादित सामानको मूल्य ३० प्रतिशत वा त्यसभन्दा बढीले बढ्ने उनले बताएका छन् । उनका अनुसार इरान युद्धका कारण कन्डमको उत्पादन लागत ह्वात्तै बढेको छ ।
![]() |
![]() |
![]() |
|---|
कारेक्सले वार्षिक ५ अर्ब वटाभन्दा बढी कन्डम उत्पादन गर्दै आएको छ । मलेसियामा आधारित यो कम्पनीले ‘ड्यूरेक्स’ र ट्रोजनजस्ता ख्यातिप्राप्त ब्रान्डहरू तथा यूकेको एनएचएसजस्ता सरकारी स्वास्थ्य प्रणालीलाई कन्डम आपूर्ति गर्ने बीबीसीले जनाएको छ ।
अमेरिका÷इजरायल–इजरायल युद्धका कारण पेट्रोलियम पदार्थ उत्पादन र आयत÷निर्यातमा परेको असर कन्डम उत्पादनमा पनि परेको हो । कन्डम बनाउन प्रयोग गरिने ल्याटेक्सलाई बिग्रिन नदिन आवश्यक पर्ने अमोनिआ र सिलिकनमा आधारित लूब्रिकन्टहरू सबै पेट्रोलिअम पदार्थबाटै प्राप्त हुन्छन्।



