नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का विजयी उम्मेदवार
काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रत्यक्षतर्फ जम्मा ७ सिट जितेको छ । मत गणना गर्न बाँकी ११ सिट बाँकी रहँदा नेकपा प्रतिस्पर्धीमा नरहेको कारण ७ सिटमा समेटिएको छ ।

प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्ष तर्फ नेकपाले रोल्पा, सल्यान, सिन्धुपाल्चोक–२, कालीकोट, रुकुम पूर्व, रुकुम पश्चिम र डोल्पामा विजय हासिल गरेको हो ।
पार्टीका संयोजक प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतका साथ विजयी भए । उनका प्रत्यासी नेकपा एमालेका लिलामणी गौतमले तीन हजार ४ सय ६२ मत ल्याए ।
![]() |
![]() |
![]() |
|---|
नेकपाका अर्का नेता वर्षमान पुन रोल्पाबाट २७ हजार ४६० मत ल्याएर विजयी भएन भने उनका प्रत्यासी नेपाली कांग्रेसका सुदन कुमार वलीले १२ हजार ८ मत ल्याए ।
सल्यानबाट रमेश कुमार मल्ल २३ हजार १८९ मतका साथ विजयी हुँदा रास्वपाका ललितकुमार चन्दले २० हजार ९ सय ४ मत ल्याए ।
सिन्धुपाल्चोक २ बाट युवराज दुलालले २१ हजार ६९९ मत प्राप्त गरी विजयी बने भने नेकपा एमालेका वंशलाल तामाङले १९ हजार १ सय ४६ मत ल्याएर पराजित बने ।
Image Source: © https://mulpatra.com
यसैगरी रुकुम पश्चिममा गोपाल शर्मा २१ हजार ६०९ मतका साथ विजयी हुँदा नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६ सय ६१ मत ल्याएर पराजित बने ।
कालीकोटबाट महेन्द्र बहादुर शाही ११ हजार ७३९ मतका साथ विजयी भए भने पत्यासी एमालेका नगेन्द्र शाहीले १० हजार ६ सय ४७ मत ल्याए ।
यस्तै डोल्पाबाट धनबहादुर बुढा ६ हजार ८०२ मतका साथ विजयी भए भने पत्यासी नेकपा एमालेका लंकबहादुर रोकायाले ५ हजार ३ सय ९६ मत ल्याए ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



