एमाले अध्यक्ष केपी ओलीलाई तत्काल गिरफ्तार गर्ने तयारीमा सरकार

एमाले अध्यक्ष केपी ओलीलाई तत्काल गिरफ्तार गर्ने तयारीमा सरकार
  • २४ फाल्गुन २०८२, आईतवार १७:२३

काठमाडौँ– चुनाव सकिएको तीन दिन पछि, ज्यादातर मत परिणाम प्रप्त भइसकेपछि अब जेनजी आन्दोलनको क्रममा भएको क्षतिसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । र, त्यो प्रतिवेदन सायद प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक मात्रै गर्ने छैनन्, त्यसको कार्यान्वयन पनि गर्ने छिन् ।

mulpatra

‘तत्कालिन प्रधानमन्त्री र काठमाडौँका तत्कालीन सीडीओ (प्रमुख जिल्ला अधिकारी)लाई तपाइँहरुले फौजदारी कारबाही अगाडी बढाऊ भनेर सिफारिस गरेको छ की छैन ?’ भन्ने पत्रकारको ठाडो प्रश्नपछि उनी केहीबेर रोकिए र अकमकाए । त्यसपछि मुस्कानसहित बोले– ‘हामीले जो जो जिम्मेवार छन्, उनीहरु सबैलाई कारबाही गर्न भनेर सिफारिस गरेका छौँ । कोको छ भन्ने कुरा सरकारले भन्छ ।’

यो प्रतिवेदनको कार्यान्वयन गर्नु भनेको तत्कालिन प्रधामन्त्री केपी शर्मा ओली, तत्कालिन गृहमन्त्री रमेश लेखक, तत्कालिन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, काठमाडौँका तत्कालिन प्रमुख जिल्ला अधिकारी छबि रिजाल लगायतलाई पक्राउ गर्ने हुनसक्छ । आयोगका पदाधिकारीहरुले त्यसरी नै संकेत गरेका छन् ।

mulpatra mulpatra mulpatra

आइतबार सिंह दरबारमा प्रतिवेदन बुझाइसकेपछि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले संक्षिप्त प्रतिक्रिया दिँदै भनेका छन्, ‘सबै जाँचबुझ गर्यौँ, छानबिन गर्यौँ । अनि २३ गतेको घटनामा जोजो दोषी छन्, ज–जसका कारणले हाम्रा किशोरहरुको मृत्यु हुन गयो, शहिद बनाइयो, ती शहिद बनाउनेहरुलाई कानूनी कारबाही गर भनेर हामीले सिफारिस गरेका छौँ । त्यो सिफारिसमा गोलि हान्ने, हान्न लगाने, गोली नरोक्ने सबै परेका छन् ।’

अब सोमबार बस्ने मन्त्री परिषद बैठकले सम्भवतः उक्त प्रतिवेदन सार्वजनिक गर्ने र त्यसको कार्यान्वयन पनि गर्ने गरी निर्णय गर्नसक्ने सरकारी अधिकारीहरुले बताएका छन् ।

सायद यही सुइँको पाएर हुनसक्छ, एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्ताहरुलाई ‘हामीलाई धरपकड गर्ने, जेल हाल्ने तयारी छ । सबै परिस्थितिको सामना गर्न तयार हुनुपर्छ’ भनेर ‘ब्रिफिङ’ गरेको खबरहरु शनिबार नै प्रकाशित भएका थिए ।

Image Source: © https://mulpatra.com

एमाले सचिव महेश बस्नेतले त गत मंसिरमा उक्त पार्टीको महाधिवेशनताका नै ओलीलाई पक्राऊ गर्न खोजिएको बताएका थिए । त्यसबेला पूर्व राष्ट्रपति ‘विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशिला कार्कीलाई भेटेर ओलीलाई पक्राउ गर्ने कुरा गरेको’ बताएका थिए । त्यस बखत पक्राउ गर्न असमर्थ भए पनि अब भने ओलीलाई गिरफ्तार गर्ने बाटो खुलेको विश्लेषण राजनीतिक बृत्तमा बढ्न थालेको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com