अमेरिकी श्रम बजारः फेब्रुअरीमा ९२ हजार रोजगारी कटौती, अर्थतन्त्रमा बढ्दो अनिश्चितता र चुनौती
काठमाडौं– अमेरिकी व्यवसायहरूमा कामदार भर्ना प्रक्रियामा गत महिना अप्रत्याशित गिरावट आएको छ।

श्रम तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको नयाँ तथ्याङ्कअनुसार फेब्रुअरी महिनामा करिब ९२ हजार रोजगारी कटौती भएका छन्। यससँगै बेरोजगारी दर पनि अघिल्लो महिनाको ४.३ प्रतिशतबाट बढेर ४.४ प्रतिशत पुगेको छ।
जनवरीमा देखिएको बलियो वृद्धिपछि अर्थशास्त्रीहरूले फेब्रुअरीमा केही सुस्तता आउने अपेक्षा गरेका थिए। विशेषगरी स्वास्थ्यकर्मीहरूको ठूलो हड्ताल र कडा शीतलहरका कारण रोजगारीमा प्रभाव पर्ने अनुमान थियो। धेरैजसो विज्ञहरूले ६० हजार नयाँ रोजगारी थपिने र बेरोजगारी दर स्थिर रहने आकलन गरे पनि वास्तविक नतिजा भने ठीक उल्टो र निराशाजनक देखिएको छ।
![]() |
![]() |
![]() |
|---|
अमेरिकाकी मुख्य अर्थशास्त्री डायन स्वोन्कका अनुसार गत वर्ष ‘जम्न’ लागेको श्रम बजार अहिले निकै नाजुक अवस्थामा पुगेको छ। विशेष गरी पछिल्लो एक वर्ष रोजगारी वृद्धिको मुख्य खम्बा बनेको स्वास्थ्य सेवा क्षेत्रमा यसपटक २८हजार रोजगारी घटेका छन्।
यसको मुख्य कारण ‘काइजर परमानेन्टे’ का नर्स र स्वास्थ्यकर्मीहरूको हड्ताललाई मानिएको छ। यद्यपि, हड्ताल फेब्रुअरी २३ मा सकिएकाले मार्चको रिपोर्टमा केही सुधार देखिने अपेक्षा छ।
स्वास्थ्य क्षेत्रका अतिरिक्त निर्माण (कन्स्ट्रक्सन) क्षेत्रमा ११ हजार र मनोरञ्जन तथा हस्पिटालिटी क्षेत्रमा २७ हजार रोजगारी कटौती भएका छन्। अत्यधिक चिसोका कारण यी क्षेत्रका गतिविधिहरू सुस्त बनेका थिए।
Image Source: © https://mulpatra.com
अर्थतन्त्रमा बढ्दो अनिश्चितता र चुनौती
पछिल्लो समय अमेरिकी अर्थतन्त्रमा धेरै बाह्य धक्काहरू एकैसाथ परेका छन्। सर्वोच्च अदालतको व्यापार नीतिसम्बन्धी निर्णय, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण भएको सामूहिक कटौती र मध्यपूर्वमा सुरु भएको नयाँ युद्धले अनिश्चितता थपेको छ।
युद्धका कारण इन्धनको मूल्य बढ्न थालेको छ, जसले मुद्रास्फीति (महँगी) नियन्त्रण गर्ने प्रयासमा चुनौती थप्न सक्छ।
तथ्याङ्कअनुसार ट्रम्प प्रशासनको दोस्रो कार्यकाल (ट्यारिफ वा भन्सार शुल्क घोषणा भएदेखि) सुरु भएयता श्रम बजारले सोचेजस्तो गति लिन सकेको छैन।
विगत ९ महिनामध्ये ५ महिना रोजगारीको संख्या घटेको छ। विशेष गरी भन्सार शुल्कले प्रोत्साहन पाउने भनिएको म्यानुफ्याक्चरिङ (उत्पादन) क्षेत्रमा विगत १४ महिनामध्ये १३ महिना रोजगारी घटेको छ।
रोजगारीको मुख्य तथ्याङ्क निराशाजनक देखिए पनि केही पक्षहरू अझै सकारात्मक छन्। बेरोजगारी दर तुलनात्मक रूपमा न्यून नै छ र ठूलो स्तरमा ‘ले–अफ’ (कामबाट निकाल्ने क्रम) मा उल्लेख्य वृद्धि भइसकेको छैन।
प्रतिघण्टाको औसत आम्दानीमा भने ०.४ प्रतिशतको वृद्धि देखिएको छ, जसले वार्षिक ज्याला वृद्धिलाई ३.८ प्रतिशत पु¥याएको छ। यो दर अझै पनि मुद्रास्फीतिभन्दा माथि नै छ।
विज्ञहरूका अनुसार रोजगारीमा देखिएको यो सुस्तता अमेरिकी जनसांख्यिक परिवर्तनको ऐना पनि हो। ‘बेबी बुमर्स’ पुस्ताको अवकाश र अध्यागमनमा आएको गिरावटले गर्दा अमेरिकी अर्थतन्त्रलाई पहिलेको तुलनामा कम रोजगारी भए पनि धानिन सक्ने अवस्था सिर्जना भएको छ। तर, बढ्दो भन्सार शुल्क र नीतिगत अन्योलका कारण कम्पनीहरूले नयाँ भर्ना प्रक्रिया भने रोकेका छन्।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



