ओलीलाई अध्यक्ष पद छाड्न पौडेल र भट्टराईको दबाब, बचाउमा पोखरेल– बस्नेत
काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा इतिहासकै लज्जास्पद पराजय व्यहोरेसँगै नेकपा एमालेमा नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढ्ने भएको छ ।

केपी शर्मा ओलीलाई तेस्रोपटक अध्यक्ष बनाउन निर्णायक भूमिका खेलेका उपाध्यक्ष विष्णु पौडेलकै अग्रसरतामा नेतृत्व परिवर्तनको सूलह भइरहेको छ ।
पार्टीका संरचनाहरू कब्जा गर्ने तर जनताको ठूलो पङ्क्तिले के चाहेको छ भन्ने नबुझ्दा यो अवस्था आएकाले अब नेतृत्वको पूरै पङ्क्ति नै बिदा हुनुपरे पनि त्यसका लागि तयार रहने गरी एमालेमा अबको बहस अघि बढ्ने देखिएको छ ।
![]() |
![]() |
![]() |
|---|
विष्णु पौडेलकै अगुवाइमा नेतृत्वको परिवर्तन र नीति तथा संगठन पुनर्गठनको अभियान चलेका कारण एमालेको अध्यक्षबाट ओलीको बहिर्गमनको बहसले विधिवत प्रक्रिया भने लिने देखिएको छ ।
महासचिव शंकर पोखरेल, सचिवहरू भानुभक्त ढकाल, महेश बस्नेत, डा. राजन भट्टराईबाहेक सबै पदाधिकारी एक ठाउँमा उभिने सम्भावना रहेको पौडेलनिकट स्रोतले जनाएको छ । पौडेलले यसबीचमा केही पदाधिकारीसहित एमालेका नेताहरुसँग नीतिहरूको पुनः व्यवस्थापन, नेतृत्व परिवर्तन, कार्यशैली र संगठनको पुनर्गठनको आवश्यकताका बारेमा अनौपचारिक छलफल समेत गरेका छन् ।
पौडेलसँग छलफल गरेका एक एमाले पदाधिकारीले भने– अहिले नेतृत्व परिवर्तन र समग्र पार्टी पुनर्गठनको कुरा ईश्वर पोखरेल पक्षले होइन ओली पक्षबाटै उठेको छ भनेर बुझ्नुपर्छ । त्यसको अगुवाइ विष्णु पौडेलले गर्नुको अर्थ बहुमत पदाधिकारी र केन्द्रीय कमिटी त्यहाँ हुनेछ ।
Image Source: © https://mulpatra.com
नैतिकरूपमा ओली कमरेडले पार्टीको शर्मनाक हार र सिंगो आन्दोलनको भविष्यलाई हेरेर राजीनामा दिनुभयो भने पार्टीले उहाँको सम्मान र संरक्षण गर्नेछ । नत्र अब एमालेमा नीतिको पुनःव्यवस्थापन र नेतृत्व परिवर्तनको प्रक्रिया प्रभावकारी ढंगले अघि बढ्ने भयो ।
रुपन्देही २ बाट पराजय भोगेलगत्तै पौडेलले नेतृत्व परिवर्तनको अग्रसरता लिने संकेत गर्दै भनेका थिए– विगतमा हाम्रा तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षा अनुसार आफैँलाई रुपान्तरण गर्न र नेकपा (एमाले) को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भैरहने प्रतिबद्धता ब्यक्त गर्दछु ।
महाधिवेशनमा पराजित पक्षले होइन ओलीलाई जिताउने नेताहरूले नै नेतृत्व परिवर्तनको अग्रसरता लिएपछि एमालेमा अब ओलीलाई कार्यकारी नेतृत्वबाट बिदा गराउने प्रक्रिया अघि बढ्ने देखिएको छ । पौडेलपछि ओलीनिकटकै नेता प्रदीप ज्ञवालीले पनि आवश्यकता परे नेतृत्व परिवर्तन गर्नेतर्फ जाने प्रतिक्रिया दिइसकेका छन् ।
पार्टी मिलाउन र नेतृत्वबीच समन्वय गर्न एउटा हदसमम नथाकी प्रयास गर्ने शान्त स्वभावका पौडेलले एमालेको तलाउमा परिवर्तनको ढुंगा खसालेर एमालेमा तरंग सिर्जना गरेका छन् । उनी अब अहिलेको मुख्य नेतृत्वलाई राजीनामा गराएर वा प्रक्रियाबाट बिदा गरेर पार्टीलाई पुनर्गठन गर्नुपर्ने निष्कर्षमा पुगेका छन् ।
यसबीचमा नीतिगत विषय र पार्टीका निर्णय तथा नेतृत्वको कार्यशैलीमा भएका गम्भीर गल्तीहरूको पहिचान र समीक्षासहित व्यवस्थित डकुमेन्ट समेत तयार भइरहेको र त्यो पार्टीमा छलफलका लागि तलैसम्म प्रक्रियागतरुपमा लैजाने तयारी छ । कहाँ कहाँ गल्ती भयो र यसमा को जिम्मेवार थियो भन्ने तहबाटै डकुमेन्ट तयार हुने स्रोतले जनाएको छ ।
सकेसम्म ओलीलाई राजीनामा गराउन बहुमत पदाधिकारी र शीर्ष तहका नेताहरूले सामूहिक आग्रह गर्नेबारे पनि छलफल भइरहेको छ । ७० वर्षे उमेरहद र २ कार्यकालको प्रावधान हटाउने निर्णय एमालेको जीवनका लागि गम्भीर गल्ती भएकाले सोही ठाउँमा फर्किने पहिलो प्रस्थानविन्दु हुनसक्ने देखिन्छ ।
विष्णु पौडेलकै अगुवाइमा नेतृत्वको परिवर्तन र नीति तथा संगठन पुनर्गठनको अभियान चलेका कारण एमालेको अध्यक्षबाट ओलीको बहिर्गमनको बहसले विधिवत प्रक्रिया भने लिने देखिएको छ ।
ओलीको हठ र कोही बोल्न सक्ने अवस्था नरहेको अवस्थामा गरिएको त्यो निर्णयबाट एमालेको क्षतिको श्रृंखला बढेको र जेनजी आन्दोलन हुँदै महाधिवेशनबाट पार्टी संगठन कब्जा गर्ने ठाउँमा आइपुग्दा एमालेले यो चुनाव हार्ने समीक्षा पार्टीभित्र भइसकेको थियो भन्ने नेताहरूको दाबी छ ।
एमालेले यो चुनाव केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएरै लडेको थियो । जबकी प्रधानमन्त्रीका उम्मेदवार ओली न त निर्वाचन क्षेत्रभन्दा बाहिर कतै सभामा भाषण गर्न बोलाइए न त कुनै उम्मेदवारले ओलीको फोटो राखेर प्रचार प्रसार नै गरे ।
टिकट वितरणमा एकल निर्णय गरेका ओलीले कतिपय लोकप्रिय नेतालाई महाधिवशेनमा अर्को प्यानलमा उठेका कारण उम्मेदवार बन्नबाट वञ्चित गरेका थिए । उनीहरुले चुनाव नजित्ने भएकाले टिकट नदिएको भन्दै सार्वजनिकरूपमा हुर्मत लिने काम समेत ओलीबाटै भएको थियो ।
एमालेका एक पदाधिकारीले भने– यो चुनावबाट आउने परिणामको जस वा अपजस दुवैको एकल भागेदार ओली हुने भनिएकै थियो । उहाँले म कमाण्डर हो यो लडाइँमा जितहारको जिम्मा म लिन्छु भनेर टिकट बाँडेपछि त्यसको सबै जिम्मेवारी पनि लिनुपर्छ ।
माधव नेपालको नजिर समेत हेरेर उहाँले अब राजीनामा दिनुभयो भने पार्टी र स्वयं ओली कमरेडको लागि हितकर हुन्छ नत्र प्रक्रियामा गएर नीति र नेतृत्वको पुनर्गठन हुनेछ ।
पार्टीका संरचनाहरू कब्जा गर्ने तर जनताको ठूलो पङ्क्तिले के चाहेको छ भन्ने नबुझ्दा यो अवस्था आएकाले अब नेतृत्वको पूरै पङ्क्ति नै बिदा हुनुपरे पनि त्यसका लागि तयार रहने गरी एमालेमा अबको बहस अघि बढ्ने देखिएको छ ।
एमालेको विधानअनुसार ठोस कार्यसूची र उचित कारण देखाएर बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यले लिखितरूपमा माग गरेको मितिले ६ महिनाभित्र केन्द्रीय कमिटीले विशेष महाधिवेशन आयोजना गर्नुपर्ने उल्लेख छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



