टेक्नोक्रेसी अभ्यास गरेका बालेन प्रधानमन्त्री हुँदा फेरी फलो गर्लान्, कि रविले प्रधानमन्त्री बन्न रोक्लान्
काठमाडौं– नेपालको समकालीन राजनीतिमा बालेन्द्र शाह केवल एउटा व्यक्ति होइनन्, उनी एउटा मनोविज्ञान, एउटा प्रतिक्रिया र एउटा विकल्पका रुपमा नेपाली राजनीतिमा स्थापित भएको देखियो ।

राश्वपा नेता समेत बालेनको यस ऐतिहासिक जनादेशले केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, महन्थ ठाकुर, उपेन्द्र यादव र डा.सीके राउतलगायतका नेताहरुप्रति आक्रोस पोखियो । यो भेलमा कांग्रेसका सभापचि गगन थापा समेत परे ।
राजनीतिमा क्रेज र लहरबिच सूक्ष्म भिन्नता हुन्छ । अहिले बालेन शाहको जे देखिएको छ, त्यो क्रेज हो । जसमा जनताले परिवर्तन मात्र होइन । नेपालमा गरिखान, स्वदेशमै बस्ने र विकास होस भनेर निर्वाचनमा आँखा चिम्लिएर मतदाता गरे ।
![]() |
![]() |
![]() |
|---|
बालेनको पक्षमा देखिएको यो जनलहर एउटा राष्ट्रिय क्रेज बन्यो । रवि लामिछानेको कुरा गर्दा उनी एउटा टेलिभिजन प्रस्तोताबाट राजनीतिमा आए । जसमा उनले राजनीतिमा आफुलाई रुपान्तरण गरे ।
उनले आफुलाई चितवनमा एउटा जबर्जस्त राजनीतिक लहर सिर्जना गरे । अहिले यो राष्ट्र राजनीतिमा पहिलो पार्टी समेत भयो । तर बालेनको जस्तो स्वतन्त्र क्रेज र रविको पार्टीगत लहरमा केही भिन्नता छ । यसका कारण अहिले जनताले बालेनलाई प्रधानमन्त्री बन्नबाट स्यंम रविले खेल्ने हुनकी भनेर जनतामा आशंका सुरु समेत भएको छ ।
रविमाथि विभिन्न आरोपहरू लागे, उनी विवादमा तानिए, तर पनि जनताले उनलाई बचाइराखेका छन् । उनलाई पटक–पटक जेल हाल्दा एमाले–कांग्रेसको अहिलेको हाल भयो । तर उनले आफनो पार्टी पहिलो हुँदा सहकारी काण्डलाई कसरी सम्बोधन गर्छन भन्ने अर्को प्रश्न समेत सिर्जना भएको छ ।
Image Source: © https://mulpatra.com
२००७ सालदेखि अहिलेसम्म जनता धेरै प्रयोग भए । कहिले राजतन्त्र फाल्न, प्रजातन्त्र र गणतन्त्र ल्याउन । जनताको जीवनस्तर अपेक्षाकृत रुपमा सुधार हुन सकेन । जनताले अहिले खोजेको कुरा भनेको डेलिभरी हो । यसको कुरा आस अहिले बालेनसँग भएको निर्वाचनबाट देखियो ।
गत स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा आफुलाई स्वतन्त्र उम्मेदवारका रुपमा स्थापित भएका बालेन यसपटक निर्वाचनमा राष्ट्र राजनीतिमा बलियो शक्तिका उदाए । यसको असर पुराना राजनीतिक पार्टीमा देखियो भने उनैका कारण कांग्रेस, एमाले र नेकपा सानो समुहमा खुम्चिए ।
राश्वपामा बालेन जोडिएपछि स्कुल–कलेजका विद्यार्थीदेखि बुझ्ने मान्छेहरूले अबको भविष्य सुधार्न बालेन नै प्रधानमन्त्री हो भनेर स्वीकारिसकेका छन् । बालेनले काठमाडौँमा केही हदसम्म यो टेक्नेक्रेसीको अभ्यास गर्न खोजे । उनले नियम मिच्नेलाई छोडेनन् । भने उनले काठमाडौँमा केही हदसम्म अटोक्र्याटिक डेमोक्रेसीको अभ्यास गर्न खोजे । तर सफल भएनन् ।
टेक्नेक्रेसीमा उनले मन्त्रीहरु विज्ञताका अधारमा ल्याउने चर्चा गरे र यसको अभ्यास समेत गरे । देशलाई अहिले चाहिएको त्यस्तै नेता हो भन्ने जनताले सोचे अनि मतदान गरे । अहिले त्यही टेक्नेक्रेसीको लोभमा समेत उनले मत पाए । यसमा राश्वपा लामिछानेपनि प्रभावित हुने देखिन्छ । उनीमाथि सहकारी ठगिको आरोप समेत छ ।
२०४६ सालको परिवर्तनपछि ३०–३५ वर्षको समय खेर गयो । माओवादीले जनयुद्ध ग¥यो, हजारौँ मान्छे मरे । तर गरिजाप्रसाद कोइराला, केपी ओली वा प्रचण्ड– उहाँहरू कोही पनि आदर्श नेता बन्न सकेनन् । यसका पछाडी भ्रष्टाचार, पद र नातावाद नै थियो ।
राजतन्त्र फालियो, गणतन्त्र आयो । तर जनताको जीवनमा के परिवर्तन आयो ? प्रश्न यहाँ छ । किनकि २०४६ सालको परिवर्तनपछि ३०–३५ वर्षमा स्वार्थीपन हाबी भयो । जसका भागिदार भए केपी ओली, शेरबहादुर देउवा र प्रचण्ड स्यंम । गत निर्वाचनपछि रविपनि यही राजनीतिकमा बाध्यता हो भन्दै प्रवेश गरे ।
सबैभन्दा पहिले, पुराना दलहरूको दीर्घकालीन अकर्मण्यता र संस्थागत भ्रष्ट आचरणले जनताको भरोसा गहिरो रूपमा खियाएको २१ को निर्वाचनबाट देखियो । त्यसका कारण नेपाली राजनीतिकमा बालेन शाहको क्रेज बढ्यो र यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाइ बुहमत ल्यायो ।
यो रिपोर्ट तयार पर्दासम्म राश्वपा १ स्थानमा अगाडी र १२४ सिट जितेको छ । भने समानुपातिकतर्फ ५० प्रतिशत राश्वपाले मत ल्याएको छ । प्रत्यक्ष र सामानुपातिकमा गरी राश्वपाले १ सय ८५ सिट ल्याउने देखिन्छ । यस मतमा बालेन शाहको क्रेजको हिस्सा ठुलो छ । भने जनताले उनलाई प्रधानमन्त्रीको पदमा हेर्न पनि मतदान गरेको पाइयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र लोकप्रियताले पनि परम्परागत राजनीति विरुद्धको जनमतलाई थप स्पष्ट बनायो । भने योसँगै बालेन पनि थपिदा जनतामा थप विश्वास बढ्यो ।
रास्वपाले भावी प्रधानमन्त्रीको घोषणा गर्दा जनतामा पैदा भएको भरोसा र बालेनको कार्यानुभव मिलेर एउटा साझा निष्कर्ष निकालियो—देशलाई भाषणभन्दा बढी काम गर्ने नेतृत्व चाहिएको छ । यसमा धोका भए फेरी जनताले राश्वपालाई कांग्रेस, एमाले र नेकपाकै कित्ता लैजान सक्छन् ।
रास्वपाले ’पुराना होइन, नयाँ’ भन्ने विम्बलाई स्थापित ग¥यो। तर रास्वपाको राजनीतिक संगठन निर्माण र दीर्घकालीन रोडम्यापमाथि उठेका प्रश्नहरूले केही मतदाता अझै व्यक्तिकेन्द्रित भरोसातर्फ ढल्किए, जहाँ बालेन शाह पार्टीभन्दा बाहिर रहेर पनि भरोसाको पात्र बने ।
बालेन लोकप्रियता आकस्मिक होइन, न त सामाजिक सञ्जालको क्षणिक उछाल मात्र हो । यो क्रेज पुराना राजनीतिक संरचना, व्यवहार र असफलतामाथिको सामूहिक असन्तोषबाट जन्मिएको हो, जसले बालेनलाई प्रतीक बनाएको छ । जसको नेतृत्व बालेनले लिनुपर्छ भन्ने जनतालाई छ ।
दशकौं सत्ता चलाएका दलहरू विकास, सुशासन र जवाफदेहिताको सवालमा असफल देखिए। भाषण धेरै भए, परिणाम कम आए । यही रिक्ततामा नयाँ अनुहार होइन, नयाँ शैलीको खोजी थियो, जहाँ बालेन शाह स्वाभाविक रूपमा फिट भए ।
सबैभन्दा पहिले, पुराना दलहरूको दीर्घकालीन अकर्मण्यता र संस्थागत भ्रष्ट आचरणले जनताको भरोसा गहिरो रूपमा खियाएको छ । यो केवल एउटा व्यक्तिप्रतिको असन्तोष होइन, सिंगो शैलीप्रतिको अस्वीकृति थियो। यही अस्वीकृतिको खाली ठाउँमा बालेन शाहको मौनता र विनम्र उपस्थितिले धेरैलाई आकर्षित ग¥यो ।
केपी शर्मा ओलीको राजनीतिक दम्भ, विशेषगरी जेन–जी आन्दोलनको क्रममा भएको धनजनको क्षतिप्रति क्षमा नमाग्नु, उल्टै त्यसलाई तिरस्कारपूर्ण भाषामा प्रस्तुत गर्नु र त्यसपछि पुनः एमाले अध्यक्षमा निर्वाचित हुनु, युवा पुस्ताका लागि झनै निराशाजनक बन्यो ।
बालेन्द्र शाहको काठमाडौँ महानगरपालिकाको मेयरका रूपमा देखिएको कार्यशैलीले उनको राजनीतिक विश्वसनीयता झनै बढ्यो । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र लोकप्रियताले पनि परम्परागत राजनीति विरुद्धको जनमतलाई थप स्पष्ट बनायो। रास्वपाले ’पुराना होइन, नयाँ’ भन्ने विम्बलाई स्थापित ग¥यो ।
संरचनात्मक अवरोधबीच पनि उनले केही ठोस काम गरेर देखाए, जसले “बोल्ने होइन, गर्ने” नेताको छवि निर्माण ग¥यो ।
यसरी हेर्दा बालेन शाहको क्रेज कुनै व्यक्तिपूजा होइन, यो परम्परागत राजनीतिप्रतिको सामूहिक प्रश्न हो । उनी समाधान हुन् कि संक्रमणकालीन प्रतीक, त्यो भविष्यले बताउला । तर यति स्पष्ट छ—जब पुराना शक्ति केन्द्रहरू आफैंसँग संवाद गर्न असफल हुन्छन्, तब मौनताले पनि राजनीति गर्छ। बालेन शाहको बढ्दो क्रेज त्यही मौन राजनीतिको परिणाम हो ।
जिल्लाहरूमा गरिएको मौन भ्रमण र अहिले सुदूरपश्चिममा पनि त्यही शैली दोहोरिनु, बालेन शाहको राजनीतिक परिपक्वताको अर्को संकेत हो । ठूला सभा, चर्का भाषण र नाराबाजी बिना नागरिकसँग प्रत्यक्ष भेट, उनीहरूको कुरा सुन्ने र बोल्नभन्दा बढी बुझ्ने अभ्यास नेपाली राजनीतिमा दुर्लभ छ । यही मौन संवादले जनतामा “हामीलाई सुन्ने कोही त छ” भन्ने अनुभूति गराएको छ ।
मधेशको राजनीतिमा हावी हुँदै आएका मधेशकेन्द्रित दलहरूलाई अहिलेको चुनाव चर्को परेको छ । यसको पछाडी पनि बालेन शाहकै क्रेज हो ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको नागरिक सरकारको अगुवाईमा सम्पन्न निर्वाचनको प्रारम्भिक रुझान देखेर नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा मधेशवादी दलका शीर्ष नेताहरुप्रति जनताले सकेजति आक्रोस पोखेर राजनीतिकबाट पाखा लगाईदिए ।
२०६४ को मधेश आन्दोलनको जगमा उनीहरूले आफ्नो जनमत बलियो बनाएका उनीहरु अहिले नेपालको राजनीतिमा थिएर भन्ने अवस्थामा पुगे ।
पुस महिनाअघि मात्रै पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र शाह (बालेन) बीच सात बुँदे लिखित सहमति भएको थियो । त्यसमा स्पष्ट रूपमा उल्लेख छ कि पार्टीको केन्द्रीय नेतृत्व रवि लामिछानेकै काँधमा रहने र निर्वाचनपछि संसदीय दलको प्रमुख तथा प्रधानमन्त्री पदको दाबेदार बालेन शाह हुने । यो सम्झौताले चुनावी अभियानमा पनि ‘बालेन सरकार’ को नारा दिएर मत मागिएको थियो ।
तर, अहिले परिस्थिति फेरिएको जस्तो देखिन्छ । पार्टीका केही प्रभावशाली नेताहरूले यो पुरानो सहमतिलाई बेवास्ता गर्ने वा कम महत्व दिने प्रयास गरेको संकेत मिलेको छ । विशेष गरी उपसभापति डिपी अर्यालले निर्वाचित सांसदहरू, अग्रता लिइरहेका उम्मेदवारहरू र समानुपातिक सूचीमा परेका व्यक्तिहरूलाई तत्काल ‘बालेन हाम्रो प्रधानमन्त्री’ भन्नबाट रोकेका छन् ।
पार्टी स्रोतका अनुसार, अर्यालले आन्तरिक रूपमा निर्देशन जारी गर्दै मिडियामा यस्तो अभिव्यक्ति नदिन आग्रह गरेका हुन् । समानुपातिक सूचीमा रहेका एक नेताले बताएअनुसार, उपसभापतिले भनेका छन् –‘अहिले नै बालेनलाई प्रधानमन्त्री भन्दै हल्ला नगर्नु, यो कुरा संसदीय दलको बहुमतले पछि टुंगो लगाउँछ ।’
यसैगरी, सभापति रवि लामिछानेले पनि चितवनमा पत्रकारको प्रश्न– ‘अब पाँच वर्ष बालेन नै प्रधानमन्त्री हो त ?’ मा स्पष्ट जवाफ दिनबाट जोगिए । उनले विषय नै बदलिदिएर कुनै ठोस प्रतिक्रिया दिएनन् ।
चुनावमा ‘बालेन सरकार’ को नारा दिएर मत माग्ने नेताहरू अहिले मतपरिणाम आएपछि बालेनलाई प्रधानमन्त्री भन्न हिचकिचाइरहेको देखिन्छ । यसले पार्टीभित्रको आन्तरिक खिचातानी र असहमति बढ्दै गएको प्रष्ट पार्छ । जनताले आशा गरेर दिएको मतको सम्मान कसरी हुन्छ भन्ने प्रश्न अहिले रास्वपाको सबैभन्दा ठूलो चुनौती बनेको छ ।
यो भिडियो पनि
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



