समानुपातिक मत गणना जारी रहँदा रास्वपाले पुर्यायो ४९ लाख
काठमाडौँ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । प्रत्यक्ष तर्फको मतगणना सम्पन्न हुँदा १६५ निर्वाचन क्षेत्रमा १२५ क्षेत्र जित निकालेको रास्वपाले समानुपातिकमा समेत ५० प्रतिशत हाराहारी मत ल्याउने आंकलन गरिएको छ ।

निर्वाचन आयोगले विवरणअनुसार हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख २९ हजार ८५० मत प्राप्त गरेको छ ।
त्यस्तै, नेपाली काँग्रेसले १६ लाख ६७ हजार ७३३ ल्याएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १३ लाख ८५ हजार ७३० ल्याएको छ भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सात लाख ४८ हजार ८१६, श्रम संस्कृति पार्टीले तीन लाख ४६ हजार ७८६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन लाख २२ हजार ०२२ मत प्राप्त गरेको छ ।
![]() |
![]() |
![]() |
|---|
जनता समाजवादी पार्टी नेपालले एक लाख ६८ हजार ४०४, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ६४ हजार ४२०, जनमत पार्टीले ७५ हजार २०४ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।



